Posts

Showing posts from 2020

मेरो छोरा

मेरो छोरा  त्यसैले म भन्छु मेरो छोरा   ज्ञान कमाउ शान नसमाउ  ज्ञानले त दाजु भाई, जात जाति जोड्छ  भाषा सस्कृति लाई  पोष्छ  आफ्नै जमिनलाई  हराभरा बनाउछ ।   तर  तिमीलाई अरुको दास बनायो  छोरा आमा बाट हरायो  पंधेरीमा सधैँ बास्ने झ्याँउकिरी पनि डरायो  खै यो सब कसले गरायो गरायो  लोग्नेमानिस बिनाको गाउँ  पूजारी बिनाको मन्दिर  रित्ता बाटाहरु  हरिया तमाखुका बोटहरु  गाउँ बाट हराए  स्वास्थ्य चौकी नजिक थियो  खै त्यो पनि राता राता कसरी बोक्सी लागि सरायो  तिम्रो डिग्रीले न त कसैले सिटामोल पायो  न त कसैको ज्वरो घटायो  तिम्रो डिग्रीले न त घाँस दाउरा  आयो  न त कोइली करायो  खेतबारी बाँझै, भकारी आधै  खै यो कसले गरायो  गरायो ।।                                                                                                   ------देउल्याल थापो ------

मैले पढेर

  मैले पढेर न त रकेट बनाउनु छ  न त हवाइ जहाज उडाउनु  छ । मैले त मात (बन्दगी ) राखेको गैरी खेत  मुख्या बा बाट निकास्नु छ  एक हल गोरु किन्नु छ  एक भारी धान फलाउनु छ  आमा बा को लागि गास जोड्नु छ।  आमा बा को लागि बिहे गर्नु छ  एक घोर्ले छोरा जन्माएर  बा आमालाई खुशी  बनाउनु छ । मैले पढेर न त रकेट बनाउनु छ  न त हवाइ जहाज उडाउनु छ ।।

प्रतिबिम्ब र भ्रम

एक हुल पर्यटक जंगली जनावर अबलोकन गर्न निस्के । घाँसे मैदानमा परै बाट बाघ लाई  देखे । टक्क अडेर हेर्न थाले र एक आपसमा भन्न थाले  बाघले पनि घाँस खान थाले छ। वास्ताबमा जब नजिक पुगे,  बाघले बाँदरको भक्खरै जन्मेर छोडेको बच्चा लाई चाटि रहेको थियो।                                                                                                                                              -- देउल्याल थापो -- December 7, 2020

देउल्याल गाँडा

Image
एउटा रातो कपडाले बेरियर राखेको ताउको काजग देखा पर्यो, जब मैले धेरै वर्ष पुरानो टिन को बाकस, मेरा बाज्ज्या को तस्बिर खोजेर फेसबूक मा राख्नको लागि खोलेको थियं । टिनको बाकसको चारै कुनाहरु फुटेका थिए । बाकस को माथि र छेउका भागहरु पनि कुचेक्का ।   त्यसको आफ्नो वास्तविक रंग छुट्याउन सजिलो थिएन।   मग्गेको, धुलो को पत्रनै बनेको थियो बाहिर बाट हेर्दा ।  पुरानो ताउको कागज तेसैमा चार पाँच गाँठाहरु पारेर बाँधेको हुनाले मनमा एक तमासको  कौतूहलता जाग्यो । तुरुन्त एक सेकेन्ड पनि खर्च नगरी खोलेर पढ्न थाले । बि. सं. १९९७ चैत ११ गते  सोमबार को मिति रहेछ । पढ्दै जाँदा धेरै पुरानो र निगालोको कलमले लेखेर राखेको भएर होला पढ्न भने सजिलो भएन । करिब एक घण्टा लाग्यो होला मलाई पढेर सिध्याउन ।  जसमा बाजेले आफ्नो बिहे र गल गाँड हुदाँ पाएको पिडा पोख्नु भएको थियो । बाजे संगै अरु दुई जना बुहारी  खोज्न  तीन ओटा गाउँहरु  पँडेश, लेकि र जिन्दाडा घुमेर  रित्तै घर फर्किनु भएको रहेछ। तीनैजना लाई देखेर। "क्याअर्न आया हो देउल्याल गाँडा " भनेर सोध्ने रहेछन बाटोमा हिड्ने चिनेजानेका गाउँका मानिसहरु।  जहाँ गयो तेही "

तिम्रो खातिर

  सङ्गीत नभईदिएको भय  तिमि नभईदिएको भय शायद म मा प्राण हुदैन थियो होला  प्राण बिनाको म हुदैने थे होला ।। ल्हासा मा सुन नभईदिएको भय  घरमा नुन  भईदिएको भय  शायद मुनामदन लेखिदैन थियोहोला   यी हरफहरु तिम्रो खातिर पोखिदैन थे होला  शायद,  अज्मरि प्रेम  नभईदिएको भय ।। - -  देउल्याल थापो 

आहट

Image
  आहट  मलाई बाटोको धुलो हुन् मन छ  हिलोको कमल हुन् मन छ । भरियाको पसिनाले भिजेको नाम्लो हुन् मन छ  वेश्यालयमा राखियको ऐना हुन् मन छ।  लडाईको घाइतेको  घाउ हुन् मन छ  बा को हातमा भएको बिंडीको ठुटो हुन् मन छ ।।। -DHANA

म खोजि रहेछु

Image
  म खोजि रहेछु म खोजि रहेछु  बागमती  उपत्यका को बीच छाती बाटै, मेरै आखाँ अगाडी हराएको छ  मेरै जिबन कालमा इतिहांस बनेर  मेरो उपहांस गरे झैँ  अठाहं!श हाँसो को बर्षा म माथि  मेरो हुनुको मा प्रश्न तेर्साए को छ  मेरो पिडिहरु प्रति लछित  ठुलो बेगेँ प्रहार  घर जोडेर बास त दिए   तर धर्ति तोडेर के दियँ ? म संग कुनै जवाफ छैन  मेरो पछिका पिडीहरु लाई  मेरा सन्तानहरु लाई  अमुक भएर आकाश तिर हेर्दै  लामो श्वास फेर्ने बाहेक अरु मसंग के छ।।  कस्तो भबिस्य दिन खोजिरहेछु ? कस्तो समाज को नक्शा  निर्माण गरि रहेछु? अनि कस्तो पथ तिर लम्कन  मेरा पछिका पिडि हरुलाई  उत्प्रेरित गरिरहेछु।।  बिष रोपेर  अमृत फलाउने मेरो हूटहुटी  संकिण सोच को परिधि भित्र  सफलता खोज्ने मेरो छटपटा हट । तेही पछि आउने पिडि को लागि  पासो बन्ने  सोच बिनाको कर्म  रोकिने कुनै आभास छैन ।। कस्तो भबिस्य कोर्दै छु  -देउल्याल थापो  मे १७ ,२०२०  सस्कतून 

मलाई दुख्छ

मलाई दुख्दा पनि मनलाई दुख्छ  तिमीलाई दुख्दा पनि मलाई दुख्छ । यो जीवनको सेरोफेरो  जता हिंडे पनि जता कुदे  पनि  यि पैतालाहरु किन किन  तिमी भए तिरै पुग्छन्  ।। -DHANA

आकाश को जून तिमी

Image
जून आउँदा पनि तिमीलाई सम्झन्छु मिठो संगीत को धून बज्दा तिमीलाई  सम्झन्छु हरेक यादहरु मा ति बातहरु सम्झन्छु। यो महिनामा दुइपटक पुर्णिमा छ अरे  तिमि आउनु म आउंछु संगै बस्नु पर्छ भरे । प्रेम का अम्मर गित गाउनु पर्छ  शितल पवन को स्पन्दन छोएर  हाम्रो प्रेमको निशानी बनाउनु पर्छ । प्रेम जिवन, प्रेम धर्म हो भनेर  हाम्रो समाज लाई मनाउनु पर्छ  प्रेम खुशी हो, प्रेम धन हो  मनको शान्ति, जीवन को उत्सर्ग हो भनेर  ढुंगा ढुंगामा खोपाउनु पर्छ  सन्ततिहरुलाई प्रेम को संदेश पठाउनु पर्छ ।।
 कम्पनी तोलाको छ की माया भनेर बोलको 
  " Light is more important than the lantern, The poem more important than the notebook, and the kiss more important than the lips, My letters to you are greater and more important than both of us, They are only documents where people will discover your beauty  and my madness." - N. Qabbani (A Syrian Poet)
  Day dreams are always like sweet no twist and no turning 

Why ?

​ I was running late to my early morning physiology class- left my room without having morning meals well. While reaching at the gate of the hospital, Prakash ​ was  returning from inside with a down head and sad face.  "Dr. Rakesh killed himself last night, he said". I was shocked and could not come out a word from my mouth. I felt like 200 electric Voltage current in my head, it was like blackout.  He just taught a surgery class about to perform minor surgery with local anesthesia yesterday 1pm. Next day he was gone forever from us. We  ​notified​ that our class was dismissed for that day. Entire day and night became restless and a lot of things kept coming to mind. why? He was an anesthesiologist with brilliant teaching skills and good looks, charming and attractive personality. He was married for two years and living in the hospital quarter.  Everything gone at a young age, without second thought, just with one injection that he injected that night in the operation theat
  "कम्पनी तोलाको छ कि माया भनेर बोलको" October २३ , २०२०  सस्कातूं 
 बेलुका को ५ बजे तिर हुँदो हो । आज पनि जंगेबिरे हली,  पाण्डे बाहुन को चिया पसल मा टुप्लिक देखा पर्यो, अनुहार र हिडाई को हावभाव आज अरुदिन को भन्दा भिनै थियो । सदै जसो बिर बहादुर, श्यामु काका, डाँडा घरे कान्छो, अदालतका मुख्या र पुराना प्रधान पन्च बालाई मात्र जदौ गर्दै, साउजी एक गिलास चिया पाउन भन्दै, चिया पसलको ठुलो ढुंगाको बान्नाको मा बस्यो। "आज पनि माको पोइको बड्ले दु:ख   दिएर गड़ो जोति सिद्धिएन" लामो सुस्केरा हाल्दै यक्लै बोल्यो। 

जून आउँदा

जून आउँदा पनि तिमीलाई सम्झन्छु  हरेक रातहरुमा तिमीलाई सम्झन्छु | यो महिनामा दुइपटक पुर्णिमा छ रे  तिमि आउनु म आउंछु संगै बस्नु पर्छ भरे | प्रेमका अम्मर गित गाउनु पर्छ  शित लहर हुन्जेल सम्म रमाउनु पर्छ |  शितल पवन को इस्पन्दनमा छोएर  हाम्रो प्रेमको निशानी बनाउनु पर्छ  प्रेम जीवन हो प्रेम धर्म हो भनेर  हाम्रो समाजलाई मनाउनु पर्छ | प्रेम खुशी हो प्रेम धन हो मनको शान्ति हो  जीवन को उत्सर्ग हो भनेर  ढुंगा ढुंगा मा खोपाउनु पर्छ  सन्ततति हरुलाई प्रेम को संदेश पठाउनु छ || -  देउल्याल थापो  -----october 2020  सस्कतॊन 

जुन आउँदा

  जुन आउँदा पनि तिमीलाई सम्झन्छु  दु:ख आउँदा नि तिमीलाई सम्झन्छु  यो महिना मा दुइपटक पुर्णिमा छ रे  तेही भएर तिमीलाई  सम्झन्छु /// --  देउल्याल थापो --
Image
  गृहपृष्ठ किताब पोस्ट गैरआख्यान मदन पुरस्कार विजेता बानियाँकाे नवप्रकाशित कृतिबाटः “गायत्री मन्त्र” आजका मितिसम्म हाम्रो घरगाउँतिर क्षत्रीहरूलाई दिइने मन्त्रसँग गायत्रीको गोरु बेचेको सम्बन्ध रहँदैन । अरूको कुरा मैले जान्दिनँ, कमसेकम मेरा तीन चार पुस्ताले गायत्रीको नाममा गलत र अशुद्ध मन्त्रको जप गर्दै आएको थियो । चन्द्रप्रकाश बानियाँ   आश्विन १४, २०७७ ०६:००  मा प्रकाशित   169 169 “थर कुन होला ?” “बानियाँ ।” “बानियाँ थर कुन जातमा पर्छ ?!” सान्दर्भिक पोस्ट गुमनामलाई मदन पुरस्कार ! राजकुमार बानियाँ    आश्विन ७, २०७७ १५:४४ बानियाँको ‘महारानी’लाई यस वर्षको मदन पुरस्कार साहित्यपोस्ट    आश्विन ४, २०७७ १६:३८ बानियाँको भौज्याहा चाँडै बजारमा साहित्यपोस्ट    आश्विन ३, २०७७ १२:५० कसले हात पार्ला त मदन पुरस्कार ?  एलबी क्षेत्री    श्रावण २५, २०७७ ११:३६ “खोई, हामीले आफूलाई क्षत्री मान्छौं क्या रे ।” “जनै लगाउनु हुन्छ ?” “जनै त हालेकै हो, अहिले भने मेरो घाँटीमा छैन ।” संवाद पोखराको हो । संयोवश मेरा नयाँ घरपति खाँट्टी पुरेत परेछन् । पहिलो भेटमै उनीसँग भएको संवादको अंश हो यो । पहाडी बानियाँ ‘क्षत्रीवंश