Posts

Showing posts from December, 2020

मेरो छोरा

मेरो छोरा  त्यसैले म भन्छु मेरो छोरा   ज्ञान कमाउ शान नसमाउ  ज्ञानले त दाजु भाई, जात जाति जोड्छ  भाषा सस्कृति लाई  पोष्छ  आफ्नै जमिनलाई  हराभरा बनाउछ ।   तर  तिमीलाई अरुको दास बनायो  छोरा आमा बाट हरायो  पंधेरीमा सधैँ बास्ने झ्याँउकिरी पनि डरायो  खै यो सब कसले गरायो गरायो  लोग्नेमानिस बिनाको गाउँ  पूजारी बिनाको मन्दिर  रित्ता बाटाहरु  हरिया तमाखुका बोटहरु  गाउँ बाट हराए  स्वास्थ्य चौकी नजिक थियो  खै त्यो पनि राता राता कसरी बोक्सी लागि सरायो  तिम्रो डिग्रीले न त कसैले सिटामोल पायो  न त कसैको ज्वरो घटायो  तिम्रो डिग्रीले न त घाँस दाउरा  आयो  न त कोइली करायो  खेतबारी बाँझै, भकारी आधै  खै यो कसले गरायो  गरायो ।।                                                                                                   ------देउल्याल थापो ------

मैले पढेर

  मैले पढेर न त रकेट बनाउनु छ  न त हवाइ जहाज उडाउनु  छ । मैले त मात (बन्दगी ) राखेको गैरी खेत  मुख्या बा बाट निकास्नु छ  एक हल गोरु किन्नु छ  एक भारी धान फलाउनु छ  आमा बा को लागि गास जोड्नु छ।  आमा बा को लागि बिहे गर्नु छ  एक घोर्ले छोरा जन्माएर  बा आमालाई खुशी  बनाउनु छ । मैले पढेर न त रकेट बनाउनु छ  न त हवाइ जहाज उडाउनु छ ।।

प्रतिबिम्ब र भ्रम

एक हुल पर्यटक जंगली जनावर अबलोकन गर्न निस्के । घाँसे मैदानमा परै बाट बाघ लाई  देखे । टक्क अडेर हेर्न थाले र एक आपसमा भन्न थाले  बाघले पनि घाँस खान थाले छ। वास्ताबमा जब नजिक पुगे,  बाघले बाँदरको भक्खरै जन्मेर छोडेको बच्चा लाई चाटि रहेको थियो।                                                                                                                                              -- देउल्याल थापो -- December 7, 2020

देउल्याल गाँडा

Image
एउटा रातो कपडाले बेरियर राखेको ताउको काजग देखा पर्यो, जब मैले धेरै वर्ष पुरानो टिन को बाकस, मेरा बाज्ज्या को तस्बिर खोजेर फेसबूक मा राख्नको लागि खोलेको थियं । टिनको बाकसको चारै कुनाहरु फुटेका थिए । बाकस को माथि र छेउका भागहरु पनि कुचेक्का ।   त्यसको आफ्नो वास्तविक रंग छुट्याउन सजिलो थिएन।   मग्गेको, धुलो को पत्रनै बनेको थियो बाहिर बाट हेर्दा ।  पुरानो ताउको कागज तेसैमा चार पाँच गाँठाहरु पारेर बाँधेको हुनाले मनमा एक तमासको  कौतूहलता जाग्यो । तुरुन्त एक सेकेन्ड पनि खर्च नगरी खोलेर पढ्न थाले । बि. सं. १९९७ चैत ११ गते  सोमबार को मिति रहेछ । पढ्दै जाँदा धेरै पुरानो र निगालोको कलमले लेखेर राखेको भएर होला पढ्न भने सजिलो भएन । करिब एक घण्टा लाग्यो होला मलाई पढेर सिध्याउन ।  जसमा बाजेले आफ्नो बिहे र गल गाँड हुदाँ पाएको पिडा पोख्नु भएको थियो । बाजे संगै अरु दुई जना बुहारी  खोज्न  तीन ओटा गाउँहरु  पँडेश, लेकि र जिन्दाडा घुमेर  रित्तै घर फर्किनु भएको रहेछ। तीनैजना लाई देखेर। "क्याअर्न आया हो देउल्याल गाँडा " भनेर सोध्ने रहेछन बाटोमा हिड्ने चिनेजानेका गाउँका मानिसहरु।  जहाँ गयो तेही "

तिम्रो खातिर

  सङ्गीत नभईदिएको भय  तिमि नभईदिएको भय शायद म मा प्राण हुदैन थियो होला  प्राण बिनाको म हुदैने थे होला ।। ल्हासा मा सुन नभईदिएको भय  घरमा नुन  भईदिएको भय  शायद मुनामदन लेखिदैन थियोहोला   यी हरफहरु तिम्रो खातिर पोखिदैन थे होला  शायद,  अज्मरि प्रेम  नभईदिएको भय ।। - -  देउल्याल थापो 

आहट

Image
  आहट  मलाई बाटोको धुलो हुन् मन छ  हिलोको कमल हुन् मन छ । भरियाको पसिनाले भिजेको नाम्लो हुन् मन छ  वेश्यालयमा राखियको ऐना हुन् मन छ।  लडाईको घाइतेको  घाउ हुन् मन छ  बा को हातमा भएको बिंडीको ठुटो हुन् मन छ ।।। -DHANA

म खोजि रहेछु

Image
  म खोजि रहेछु म खोजि रहेछु  बागमती  उपत्यका को बीच छाती बाटै, मेरै आखाँ अगाडी हराएको छ  मेरै जिबन कालमा इतिहांस बनेर  मेरो उपहांस गरे झैँ  अठाहं!श हाँसो को बर्षा म माथि  मेरो हुनुको मा प्रश्न तेर्साए को छ  मेरो पिडिहरु प्रति लछित  ठुलो बेगेँ प्रहार  घर जोडेर बास त दिए   तर धर्ति तोडेर के दियँ ? म संग कुनै जवाफ छैन  मेरो पछिका पिडीहरु लाई  मेरा सन्तानहरु लाई  अमुक भएर आकाश तिर हेर्दै  लामो श्वास फेर्ने बाहेक अरु मसंग के छ।।  कस्तो भबिस्य दिन खोजिरहेछु ? कस्तो समाज को नक्शा  निर्माण गरि रहेछु? अनि कस्तो पथ तिर लम्कन  मेरा पछिका पिडि हरुलाई  उत्प्रेरित गरिरहेछु।।  बिष रोपेर  अमृत फलाउने मेरो हूटहुटी  संकिण सोच को परिधि भित्र  सफलता खोज्ने मेरो छटपटा हट । तेही पछि आउने पिडि को लागि  पासो बन्ने  सोच बिनाको कर्म  रोकिने कुनै आभास छैन ।। कस्तो भबिस्य कोर्दै छु  -देउल्याल थापो  मे १७ ,२०२०  सस्कतून