मेरो छोरा


मेरो छोरा 



त्यसैले म भन्छु मेरो छोरा 
 ज्ञान कमाउ शान नसमाउ 

ज्ञानले त दाजु भाई, जात जाति जोड्छ 

भाषा सस्कृति लाई  पोष्छ 
आफ्नै जमिनलाई  हराभरा बनाउछ ।
 
तर 

तिमीलाई अरुको दास बनायो 
छोरा आमा बाट हरायो 

पंधेरीमा सधैँ बास्ने झ्याँउकिरी पनि डरायो 
खै यो सब कसले गरायो गरायो 

लोग्नेमानिस बिनाको गाउँ 
पूजारी बिनाको मन्दिर 
रित्ता बाटाहरु 
हरिया तमाखुका बोटहरु  गाउँ बाट हराए 

स्वास्थ्य चौकी नजिक थियो 
खै त्यो पनि राता राता कसरी बोक्सी लागि सरायो 

तिम्रो डिग्रीले न त कसैले सिटामोल पायो 
न त कसैको ज्वरो घटायो 

तिम्रो डिग्रीले न त घाँस दाउरा आयो 
न त कोइली करायो 
खेतबारी बाँझै, भकारी आधै 
खै यो कसले गरायो गरायो ।।


                                                                                                  ------देउल्याल थापो ------

Comments

Popular posts from this blog

भबिस्य खोज्दै