कविता (Poem)
उस्तै लाग्छ
सबै उस्तै उस्तै लाग्छन
उस्तै नभए नि सस्ता लाग्छन
देखाउने मात्र हुन्
भन्ने मात्र हुन
आफुले नगेर सम्म केहि हुन्न
नमरेर स्वर्ग थाहा हुन्न
अरु त तेसै भन्ने मात्र हुन् ।।
-अकुलिना
----ज नुवोरी ३१ sunday 2021
मेरो छोरा
त्यसैले म भन्छु मेरो छोरा
ज्ञान कमाउ शान नसमाउ
ज्ञानले त दाजु भाई, जात जाति जोड्छ
भाषा सस्कृति लाई पोष्छ
आफ्नै जमिनलाई हराभरा बनाउछ ।
तर
तिमीलाई अरुको दास बनायो
छोरा आमा बाट हरायो
पंधेरीमा सधैँ बास्ने झ्याँउकिरी पनि डरायो
खै यो सब कसले गरायो गरायो
लोग्नेमानिस बिनाको गाउँ
पूजारी बिनाको मन्दिर
रित्ता बाटाहरु
हरिया तमाखुका बोटहरु गाउँ बाट हराए
स्वास्थ्य चौकी नजिक थियो
खै त्यो पनि राता राता कसरी बोक्सी लागि सरायो
तिम्रो डिग्रीले न त कसैले सिटामोल पायो
न त कसैको ज्वरो घटायो
तिम्रो डिग्रीले न त घाँस दाउरा आयो
न त कोइली करायो
खेतबारी बाँझै, भकारी आधै
खै यो कसले गरायो गरायो ।।
------देउल्याल थापो ------
मैले पढेर
मैले पढेर न त रकेट बनाउनु छ
न त हवाइ जहाज उडाउनु छ ।
मैले त मात (बन्दगी ) राखेको गैरी खेत
मुख्या बा बाट निकास्नु छ
एक हल गोरु किन्नु छ
एक भारी धान फलाउनु छ
आमा बा को लागि गास जोड्नु छ।
आमा बा को लागि बिहे गर्नु छ
एक घोर्ले छोरा जन्माएर
बा आमालाई खुशी बनाउनु छ ।
मैले पढेर न त रकेट बनाउनु छ
न त हवाइ जहाज उडाउनु छ ।।
आहट
मलाई बाटोको धुलो हुन् मन छ
हिलोको कमल हुन् मन छ ।
भरियाको पसिनाले भिजेको नाम्लो हुन् मन छ
वेश्यालयमा राखियको ऐना हुन् मन छ।
लडाईको घाइतेको घाउ हुन् मन छ
बा को हातमा भएको बिंडीको ठुटो हुन् मन छ ।।।
December 6, 2020
Sunday

आहा:
लुकी लुकी लाएको पिरतीको कती मज्जा
छुपाएर खाने गरेको यो चुरोटको कत्ति मज्जा
ढाट्न त सकिएन ती दिनहरू मा
ढाँटे जस्तै गरी, झुक्याए जस्तो गरी
बेला बेला साथी संग
सल्काएको यो चुरोटको आहा कत्ति मज्जा
तिमी आखां ले छेक्नु, भ्याउ नपाए जस्तो गर्नु
म ढोकाले चेक्छु, बाहिर नगए जस्तो गर्छु
म पियर धुवां नघोले झै जस्तो गर्छु
पि्य गन्ध पाएर पनि सुकमैलको सुगन्ध जस्तै हो ठान्नु
तिमी आफै भन न पि्य म लागेको बानीलाई मैले कसरी नाइ नभन्नु।।
जती सजाए हुन्छ, सबै गईसके पछी सहन्छु
यो सबै करामत पिरतीकै कै याद कै हो नढाटी म भन्छु
बाहिर धुवॉ सगै घोलेर पिएको आहा कत्ति मज्जा ।
--अकुलीना
february ८,२०१९
बिदेश
बिदेशमा सपना फल्छ
स्वेदेशमा आश फल्छ|
हरेक पल प्रदेशमा
जवानहरूको लास ढल्छ|
गाउँमा आमा पधेरीमा
भर्र्नै नपाइ पानी दिन ढल्छ|
छोरा को उता प्रदेशमा
सपनाको महल ढल्छ|
यता बहीनी मेला जाँदा
बाटो बाटै इज्जत चल्छ।।
अकुलीना - वटावाOctober 31, 2018

अकुलीना
- वटावा
October 31, 2018

तिम्रो खातिर
सङ्गीत नभईदिएको भय
तिमि नभईदिएको भय
शायद म मा प्राण हुदैन थियो होला
प्राण बिनाको म हुदैने थे होला ।।
ल्हासा मा सुन नभईदिएको भय
घरमा नुन भईदिएको भय
शायद मुनामदन लेखिदैन थियोहोला
यी हरफहरु तिम्रो खातिर पोखिदैन थे होला
शायद, अज्मरि प्रेम नभईदिएको भय ।।
December 5, 2020
Saturday
Saskatoon, SK
8:32PM CST
कसैले
कसैको सुन्दरताले किन यति धेरै
औडाहा बनाउँछ ।
आखाँहरुलाई सोध्न मन छ
सबै देबी देवताहरुलाई सोध्न मन छ ।।
कोहि त भनि देऊ
देउता हरुलाई त मान्छेहरुले बनाउँछन् ।
तर
यी सुन्दरीको सुन्दरतालाई कसले बनाउँछ ।
यति तेजिलो यति शक्तिशाली किन बनाउन्छन्
मन भित्र शुनामी ल्याउने
हेर्दा हेर्दै ढुंगा झैँ बनाउने
कसले भनि दिन्छ यिनलाई किन बनाउन्छन् ?
December 5 , 2020
saturday
मलाई दुख्छ
मलाई दुख्दा पनि मनलाई दुख्छ
तिमीलाई दुख्दा पनि मलाई दुख्छ ।
यो जीवनको सेरोफेरो
जता हिंडे पनि जता लुके पनि
यि पैताला हरु किन किन
तिमी भए तिरै कुद्छन् ।।
Full moon day
December 1, 2020
1:52AM in the morning
आकाश को जून तिमी
जून आउँदा पनि तिमीलाई सम्झन्छु
मिठो संगीत को धून बज्दा तिमीलाई सम्झन्छु
हरेक यादहरु मा ति बातहरु सम्झन्छु।
यो महिनामा दुइपटक पुर्णिमा छ अरे
तिमि आउनु म आउंछु संगै बस्नु पर्छ भरे ।
प्रेम का अम्मर गित गाउनु पर्छ
शितल पवन को स्पन्दन छोएर
हाम्रो प्रेमको निशानी बनाउनु पर्छ ।
प्रेम जिवन, प्रेम धर्म हो भनेर
हाम्रो समाज लाई मनाउनु पर्छ
प्रेम खुशी हो, प्रेम धन हो
मनको शान्ति, जीवन को उत्सर्ग हो भनेर
ढुंगा ढुंगामा खोपाउनु पर्छ
सन्ततिहरुलाई प्रेम को संदेश पठाउनु पर्छ ।।
--अकुलिना
October has two full moon day
ओच्तोबेर १४, २०२०
सस्कटून्
यात्रा
गुलाबी रंग संग सल्लाको सुसेली खोलाको बयाली जिन्दगी को सपना समयको बहाब संगै हुइकि रहेछ जिन्दगी
गुलाबी रंग संग
सल्लाको सुसेली
खोलाको बयाली
जिन्दगी को सपना
समयको बहाब संगै
हुइकि रहेछ जिन्दगी
किताब गाता संग
परीछ्या को प्रश्न संगै
आमा बा को आशा संगै
साइकल को पुन्चर टाल्दै
गुडी रहेछ जिन्दगी //
समय को जोड घट गर्दै
यत्र तत्र पछारिन्छ
बिचरा यो जिन्दगी //
----Aculina---
आकाशमा चरा
किन हो मलाई चरा हुन मन छ
स्वछन्द भएर आकाशमा हुइकिने भन्छ
बिना भिजा, बिना चेक र बिना टिकट
सिमाहरु नाघ्ने यो मन भन्छ ।।
जून देखे यो मन जून झैँ बन्छ
अँधेरी चिरी सबैको मन चुन्छ
जुनी जुनी सम्म जून बन्छु भन्छ ।।।
--अकुलिना
october २३ , २०२०
आकाशमा तारा
आकाशमा एउटा तर हरायो
केहि नजिक का मात्र तारा ले आभाश पाए ।
अरु कसैलाई केहि फरक परेन
लागि रहे आफ्नै गति र कर्म मा निरन्तर ।
उसलाई थाहा छ खाली भएको आकाशको भाग
टल्की रहेने तारा हराएको मा
जसले चकमन्न रातमा तारा हेरेर
आफ्नो जिन्दगीलाई ब्राम्हणमा लिन बनाउछ
आफ्नो अस्तिव अस्थितित्व अनुभूति गर्छ ।
सामान्य मानिसको भन्दा भिन्न र महान विचार र
उदेश्य पाल्छ
सभ्य र शालीन जिन्दगी जिउँछ ।।।
----Aculina
अकुलिना
--October २१, २०२०
यात्रा
गुलाबी रंग संग
सल्लाको सुसेली
खोलाको बयाली
जिन्दगी को सपना
समयको बहाब संगै
हुइकि रहेछ जिन्दगी
किताब गाता संग
परीछ्या को प्रश्न संगै
आमा बा को आशा संगै
साइकल को पुन्चर टाल्दै
गुडी रहेछ जिन्दगी //
समय को जोड घट गर्दै
यत्र तत्र पछारिन्छ
बिचरा जिन्दगी /
आफन्तहरु को आशा मा
उन कै भरोसामा नाच्दै
हरेक पल बामे सरि रहेछ ///////
नछुने प्रेम
म छुन नहुने मान्छे
मेरो छुन नहुने जात
मेरो उपस्तिथि खेतबारी मा चल्ने
करेसा बारी र घर आगंन सम्म
घर भित्र र देवालय मा नचल्ने
पानी पँधेरो र कुवा कहिले नमिल्ने
त्यहि भएर हो हाम्रो प्रेम नचलेको
निर्मल, निश्छल हिर्दय मिल्न नसकेको
जात ले हो गला रेटेको
तेही समाजले हो भोगेको
म लोहारको
सानी मालिक्नी संग,
सहजै एउटा गिलास मा पानी चलियो
बात मिल्ने, दिल मिल्ने साथ चल्ने,
प्रेम अनि संगै जिबन अघि नचल्ने
निर्दोष आँख हरुको
सोच्छ कोमल मनहरुको के दोष ?
मेरो औकात अरुले कोरी देने
मेरो भबिस्य अरुले बनाई दिने
मेरो जात हरुले ठम्मेइ दिने
मेरो प्रेम को हत्या गरिदिने
तिम्रो कस्तो जात हो ?
-अकुलि
june ६,२०२०
सस्कतूंना
हिजो मात्र हो
म हिडेको बाटो
गारो थियो
जहाँ म छु तेह़ा पुग्न
सारै टाढा थियो
तिमीले मेरो खुसि
मात्र देख्छऔ अहिले
पैतालाको घाऊ अझै
हरायको छैन
सफलताको टोपी मात्र देखिन्छ
भोगेको सपनाको युद्ध
अझै ताजा छ टोपी मुनि
-अकुलिना
मे २७ २०२०
सस्कतून १०:३५ pm

अकुलिना मेरो उर्जा हो
अकुलिना मेरो बितेको अध्हाय हो
जिबन को पीडादाइक पल हरुको
निको नहुने पाटो,
सम्झना मा बसी रहने अच्चमको जादु मय
मिठो आभास हो
जसको तन्काई मा उल्झी रहने
अन्तर्दन्द को मुहान को उपहार,
अनि उपहास पनि |
याद, भोगाई, र खुशी हरुको पाटन हो (पाटन -पहाडको ठुलो घाँसे मैदान)
चरेर मेरो ब्रतमान मा सहजै बाचिरहने
उर्जा दिने
समय, मान्छे र जिबन चिन्न सक्ने ,
जवाफ दिन, बात गर्न सक्ने र
पुन यात्रा गर्ने चेस्टा गर्ने
मेरो भविस्य कोर्ने पुरानो कलम हो अकुलीना ।
अनि मेरो हार को उपहार हो
तितो करेला जस्तै जिबन
पोस्ने अन्न हो
मेरो फाटेको जुता
फेर्न नसकेको कोट
बाचाइ राख्ने दबाई हो अकुलिना
-अकुलिना
मे १७ , २०२०

मन्जरी
यात्रा मा हिडेको म
अगाडी मैले मेरो मन्जिल देखे
थाहा नपाई धेरै अगाढी
बढी सकेछु
सबै बिर्सेर
उनको सामिप्पे पाउन
धेरै अगाडी बढेछु
उनि भन्दापनि
चाहना अरुका
चान बनाएर
आफ्नै रफ्तार मा
मनको मंजरिलाई
हासिल गर्न
इस्पिडीइन्ग्को टिकट
थमाए पछी
आखाँ खोलेको हुँ
के पाए मैले ?
यसको हिसाब किताब
बाँकी छ
मंजरिको मोह
अझै जारी छ
पाइला पातला भए
जुता पुराना
मन झन् तनेरी
याद सल्बलाउन
कहिले रोक्केन
तर
रहर पग्लिन थाले
हिमपात पछि
बसन्त आयो
पुरानो मन्जिल
बुतेर
शरीर भरि दौडी रहेछ ।।
मे १४ २०२० Thursday
रूम सस्कटूं

आशा
कर्कला को पातको
जस्तै हो जिन्दगी
टल्की रहने छेण भरको
हिरा को
चमक यो आशा
आशमा बाँचिरहने
बुढा बा आमा
परिक्ष। को
परिणIम पर्खि
रहने बिर्धाथी को आखाँ
आउदै गरेको बटुवा
माग्नेको आशा
जति नजिक आउदै
धड्किने छाती
बढ्दै जाने स्वाश
उनको प्रवेश
क्याम्पस को पहिलो दिन
मनमा शुनामी
चंचलताको बहार
सिकारीको जुक्ति।।
-देउल्याल थापो
खै
खै के लेख्ने के ही आएन
लेख्न खोज्दा तेही आएन।
यसो केही भनैा भनि भन्न खोज्दा भन्नै आएन
बेली र चमेली यहाँ फेरी आएन।।
बसेकै हू लेख्न खोज्न टिम हर्टनमा
ऊ आयो , गाड़ी आयो, तर ATM Card आएन
मन मारेर कहॉ हुन्छ भनी सम्हालिदै फेरी मधुशाला धाईयो
बोटल आयो, गिलास आयो, ठुल् ठुला बात आए
तर
डा. KC र निर्मला पन्त को लागी जाबो नाथे एक लाईक आएन
नडगमगाई लेख्न कोशिश जारी रह्ययो
Valentine’s Day आयो , काडां आयो, पात आयो
तर फ़ुल (को त कुरै )आएन
हिक्मत हारिन लेख्न,
स्यालरी आयो, साथी आए, पुन मधुशाला छायो।
अस्पताल बाट सहयोगको जब मेरो आह्वान आयो
उसको अत्तोपत्तो आएन
त्यसपछी बल्ल मेरो होश आयो ।।
---अकुलिना
January 3, 2019
Comments
Post a Comment