क्या कमाल छ
यो हिउँले छोपिएको मूनि ताल छ ६ महिना तालको यस्तै बेहाल छ। क्यानाडा मा हो हजुर बस्ने म पनि मेरो पनि यस्तै हाल छ। जमिन, रुख हेर्न पाउनु निधार मा छैन ६ महिना त हिउँको यहाँ यस्तै बोलाबाल छ। नोट गन्ने , रुपियाँको थैलो भर्न, यहाँ माला माल छ तपाई पनि आउनुहोस हजुर याँहा क्या कमाल छ। जता हेर्यो, जता गयो सिरेटोको आहाल छ तपाई कहिले आउनुहुन्छ याँहा भन्ने मेरो सबाल छ। बाटो भरि हिउँ, छानो भरि हिउँ सहर भरि बबाल छ धैत ! यो पनि के जिन्दगी हो र भन्ने मेरो सबाल छ। —— ——- —बौरट्या दाई। ——.——-.—-.—-.