देउल्याल गाँडा







एउटा रातो कपडाले बेरियर राखेको ताउको काजग देखा पर्यो, जब मैले धेरै वर्ष पुरानो टिन को बाकस, मेरा बाज्ज्या को तस्बिर खोजेर फेसबूक मा राख्नको लागि खोलेको थियं । टिनको बाकसको चारै कुनाहरु फुटेका थिए । बाकस को माथि र छेउका भागहरु पनि कुचेक्का ।  त्यसको आफ्नो वास्तविक रंग छुट्याउन सजिलो थिएन।  मग्गेको, धुलो को पत्रनै बनेको थियो बाहिर बाट हेर्दा । 

पुरानो ताउको कागज तेसैमा चार पाँच गाँठाहरु पारेर बाँधेको हुनाले मनमा एक तमासको  कौतूहलता जाग्यो । तुरुन्त एक सेकेन्ड पनि खर्च नगरी खोलेर पढ्न थाले ।

बि. सं. १९९७ चैत ११ गते  सोमबार को मिति रहेछ । पढ्दै जाँदा धेरै पुरानो र निगालोको कलमले लेखेर राखेको भएर होला पढ्न भने सजिलो भएन । करिब एक घण्टा लाग्यो होला मलाई पढेर सिध्याउन । 
जसमा बाजेले आफ्नो बिहे र गल गाँड हुदाँ पाएको पिडा पोख्नु भएको थियो । बाजे संगै अरु दुई जना बुहारी खोज्न तीन ओटा गाउँहरु पँडेश, लेकि र जिन्दाडा घुमेर रित्तै घर फर्किनु भएको रहेछ।

तीनैजना लाई देखेर। "क्याअर्न आया हो देउल्याल गाँडा " भनेर सोध्ने रहेछन बाटोमा हिड्ने चिनेजानेका गाउँका मानिसहरु।  जहाँ गयो तेही "तम्रा  घरमा त् क्या अर्नु धेक्या चेलाचेली पनि गलामा गाँड भएर आउंछन" भनेर नाक खुम्च्याउने  रहेछन। हुन पनि हो  बज्यै को पनि गल गाँड थियो,  बाजेको दाजुभाई को परिवारमा कम्तिमा पनि दुई परिवार सदस्यहरु ग्रसित थिय । सायद यसै कारणले होला, अरु सदस्यहरु पनि दुब्ला र सानो जिउ भएका होचा कदका थिए" । "बच्चा नजन्मदै खेर जाने। जन्मे पनि केहि मानसिक वा शाररिक समस्या भएर जन्मिने गर्दथे" भनेर बाजेले उल्लेख गरेका थिए। 

गल गाँडको समस्या धेरै नै भएको भएर हामीलाई बोलाउने वा चिनाउने परिचय बनेको रहेछ। "देउल्याल गाँडा" र "थापा गाँडा"। जता जता हाम्रो चेली बुहारीको सम्बन्धहरु गाँसिएका थिए ।

यसरी हाम्रो गाउँ नै गल गाँड ले ग्रसित थियो । "देउल्याल गाँडा लाई चेली दिएर किन खेर फाल्नु भनेर ब्यंगे गर्न पछि पर्दैनथे जोरीपारी र इस्टमित्र हरु" यस्तै कारणले होला, त्यति राम्रो प्रभाब थिएन  हामी र हाम्रो गाउँ प्रति ।

चेली माग्न गएका बाज्या का बुवा, उनका काका र झिल्के सार्की लाई रित्तो हात भने फर्किनु परेन छ, जे बहाना बनाएर तिन गाउँहरु पसेका थिय तेही लिएर चाही आएछन् । गाई किन्ने बहाना बनाएर बुहारी खोज्न हिडेका, बुहारी र गाई  नभए पनि एक हल गोरु भने किनेर ल्याउन भ्याए छन् । त्यो पनि दुई पाथी चामल संग साटेर ।

दश मा दुई बर्ष लागेपछि। बाह्र बर्ष को हुँदा खेइरा कुँवर गाउँ बाट बाजेलाई चेली दिने भनेर कुरा आएछ। त्यही बर्ष मंसिर को अठार गते शनिस्च्ररबार बि. सं.  १९९५  मा मागी बिबाह सम्पन्न भएछ ।

नाति-पनातिको पाला सम्मआइपुग्दा, कहिले  काही  ईस्टमित्र बाट, बिषेश गरि पुराना पुस्ता बाट, "देउलका गाँड़ा आया" ।  "यि देउलका गाँड़ा हुन भनेर चिना परिचय गरेको र गराएको " ।  मैले भोगेको छु र मेरै कानले पनि सुनेको छु । यस्ता प्रसस्त उदाहरण छन् मेरो सम्झनामा  जति बेला जन्ती र  बर्र्याँती जादा आउँदा भेटघाट हुन्थियो। अनि छोट्टीहरूले जिस्काउन प्रयोग गर्ने शब्दहरु पनि यिनै हुन्थे ।

त्यो समयमा गल-गाँड को करणको बारेमा त्यति बेला धेरै थाहा नै थिएन मानिसहरुलाई। सामान्यतया देउता रिसाएर वा अन्य कुनै कुराले हुने गरेको जनबिश्वास रहेछ। धामी झाँक्रीले आफनै तरिकाले। बैद्य ले आ-आफनै तबरले । केहि जान्ने सुन्नेहरुले आफनै नजरबाट। बुज्ने र बुजाउने गेरको रहेछ। जे जस्तो भए पनि थापा गाउँ वा देवल  गल-गाँडको लागि एपिसेंटर नै रहेछ भन्ने कुरा दुइमत नै थिएन । त्यस समयमा।

बि. सं. २०२१ -२०२२ (1965 AD ) मा देशब्यापी सर्भे गरेको थियो जसमा ५५% गल गाँड को समस्या देखिएको थियो । त्यसपछि श्री पाँच को नेपाल  सरकारले आयोडिन युक्त नुन को ब्यबस्ता गरेर बिक्रि वितरण तिब्र रुपले गर्यो । परिणम्  स्वरुप, बि. सं. २०४१/४२  (1985 AD) मा ४४% र  २०६४/६५  (2007) मा स्वात्त  घटेर ०.४ %  पुग्यो।(प्रकासित प्रतिबेदन अनुसार)

बिभिन्न राष्टिय र अन्तरास्ट्रिय लेख र अनुसन्धानहरुले  नेपाल लगायत भारत, भुटान र अरु एशियन मुलुकमा बिशेष गरि हिमाली भेगमा चरम बिन्दुमा असर पारेको देखिन्छ। हिमाली भेगको माटोमा आयोडिन कमी र खाद्य वस्तुमा पनि यसको अभाबले चरम चुलीमा पुगेको हुनुपर्छ।

बाजेको पुस्ताले भोगेझै, तीस -चालिसको दशक मा आएर मेरा पुस्ताले गल गाँड को समस्या भोग्नु परेन।
मेरो सम्झनामा हाम्रो गाउँ मा चार जना जतिलाई गल गाँड भएको देखेको थियं । नाताले बज्जै (हजुरआमा ) पर्ने दुई जना,  एक ठुलो आमा र एक ठुला बुवा

यसरी मेरो पुस्ता सम्म आइपुग्दा बिस्तारै गल-गाँड हराएर गयो जसरि पानकोटको  ओरालो मा सल्लपिरहरु खस्दै सेति नदीको संग्लो पानीमा बिलिन भएझै। तर सम्झना र झझल्को भने आइरहयो "देउल्याल गाँडा " भनेर मायाले बोलाएको। जब गाउँ को याद आउंछ, फेरि कानमा गुन्जन थाल्छ, उहि मायालु सु-मुधर मिठो धुन "देउल्याल गाँडा "।


-  देउल्याल थापो 


Comments

Popular posts from this blog

झझल्को

क्या कमाल छ