Posts

Showing posts from May, 2020

म खोजि रहेछु

Image
म खोजि रहेछु म खोजि रहेछु  बागमती  उपत्यका को बीच छाती बाटै, मेरै आखाँ अगाडी हरायको छ  मेरै जिबन कालमा इतिहांस बनेर  मेरो उपहांस गरे झैँ  कस्तो भबिस्य कोर्दै छु  अठाहं!श हाँसो को बर्षा म माथि  मेरो हुनुको मा प्रश्न तेर्साए को छ  मेरो पिडिहरु प्रति लछित  ठुलो बेगेँ प्रहार  घर जोडेर बास त दिऍ  तर धर्ति तोडेर के दियँ ? म संग कुनै जवाफ छैन  मेरो पछि का जेनेरेशन लाई  मेरा सन्तान हरु लाई  अमुक भएर आकाश तिर हेर्दै  लामो श्वास फेर्ने बाहेक अरु मसंग के छ  कस्तो भबिस्य दिन खोजिरहेछु ? कस्तो समाज को नक्शा  निर्माण गरि रहेछु? अनि कस्तो पथ तिर लम्कन  मेरा पछिका पिडि हरुलाई  उत्प्रेरित गरिरहेछु  बिष रोपेर  अमृत फलाउने मेरो हूटहुटी  संकिण सोच को परिधि भित्र  सफलता खोज्ने मेरो छटपटा हट  तेही पछि आउने पिडि को लागि  पासो बन्ने  सोच बिनाको  कर्म  रोकिने कुनै आभास छैन ।। -देउल्याल थापो  मे १७ ,२०२०  सस्कतून 

आशा

Image
कर्कला को पातको   पानी को थोपा  जस्तै हो जिन्दगी  टल्की रहने छेण भरको  हिरा को  चमक यो आशा  आशमा बाँचिरहने  बुढा बा आमा  परिक्ष।  को  परिणIम पर्खि  रहने बिर्धाथी को आखाँ  आउदै गरेको बटुवा  माग्नेको आशा  जति नजिक आउदै  धड्किने छाती  बढ्दै जाने स्वाश  उनको  प्रवेश  क्याम्पस को पहिलो दिन  मनमा शुनामी  चंचलताको बहार  सिकारीको जुक्ति।। --देउल्याल थापो--

प्रकृति देउता

Image
प्रकृति देउता  आऊँ सबै मिलेर रिसाएका देउतालाई मनाऊँ  गाऊँ र शहरमा छायको सन्नाटालाई धपाऊ बस्तीलाई समसान हुनबाट बचाऊँ  उत्तर बाट रिसायका देउता भूत बनेर  भूमन्डल भरी छाएकोछ धामी, झाक्रि र वैज्ञानिकह भनिनेहरू पनी डगमगाआएका छन् पटक पटक चेतावनी दिदा पनी  टेडेन मनुवाहरूले रिसायका देउतालाई चिडाउन छोडेन मनुवाहरूले मन्दिर, मशजीद, चैते यी  गुम्बा राज़नितिक़ दाउ पेचका सिकार बनाउन छोडेनन् सामान्य मान्छेहरू लाई भेडा च्यांग्रा सरह प्रयोग गर्न कुनै कसर छाड़ेन प्रकृतिको चीरहरण गर्दैरहे मनुवाहरू भूमिलाइ चित्थौन् ,  भागबन्डा र प्लटिगं गर्न पछि हटेन प्रकृतिका सन्ततिहरूलाई विस्तापित गर्न उध्दत मनुवाहरु  जंगल गबाय धर्तिबाट नदीहरु बिस्तापित भए ढलबाट अनि हराए नदि शहरबाट नदी वाट माछाहरु  माछाबाट जिवनका आशाहरु  अनि आए धमिला र बिशाक्त नदिहरु काल बनेर दु्र्गन्धित हावा र बातबरण जाल बनेर,  कोराना बनेर, कहिले हैज़ा बनेर कहिले इस्पेनिस् फ्लु ,  कहिले स्वाईन फ्लु बनेर कहिले भुकम्प बने -अकुलिना 

लेख्नु पर्ने

Image
लेख्नु पर्ने भएर यो कबिता लेखेको हो मैले आफ्नो कुरा सुन्ने मान्छे नभएर लेखेको हो मैले हिजो उनि थिइन आज छैनन् , त्यसैले लेखेको हो मैले शिरमा फुरेर हैन , पिरमा परेर लेखेको हो मैले पढेर त जीबन बुझ्न सकिन मैले जब पर्यो अनि जीबन बुझेको हो मैले सरल जीबन, सहज जीबन हुन्छ भन्थे त्यसैले त उनलाई जीबन साथी रोजेको हो मैले।। --देउल्याल थापो-- —-April 15, 2020 night at 4:30am 

मन

Image
मैले मन लाई सोधे के चाहन्छस् मनले उल्टै, मलाई सोध्यो के चाहन्छस् आखिर, मनले मन लाई सोध्यो के चाहन्छस् यहि करम चलिरह्ये बेर बेर सम्म जवाफ आएन धेरै बेर सम्म।। - --देउल्याल थापो--

हिसाब किताब

Image
मनको पनि मैले हिसाब किताब गरे उनको पनि मैले हिसाब किताब गरे। संगै बिताएका दिनहरुको पनि हिसाब किताब गरे रमाइला बातहरुको पनि हिसाब किताब गरे गरेका घातहरुको पनि हिसाब किताब गरे आखिर जीबनको पनि हिसाब किताब गरे -- --  देउल्याल थापो -- — April 15, 2020 night at 4am 

जीबन

Image
  जब भोक थियो खानलाइ भात थिएन जब शौक थियो,    लगाइनलाइ लुगा थिएन आज छ लगाउने जोश छैन निद्रा थियो सुत्नलाई ओछ्यान थिएन तर आज  छ निद्रा छैन पैसा छ प्यार छैन आफ्ना छन आफनो छैन घर छ परिवार छैन साथी छन साथ छैन बात छन सत्ते छैन आफ्नो भन्नेहरूको पत्तो छैन ज्ञान थिएन तर ज्ञानी थिए शिक्षित छु तर बिक्षिप्त छु -- देउल्याल थापो -- November 8,2018 Ottawa Andaz hotel room 803

बिदेश

Image
बिदेशमा सपना फल्छ स्वेदेशमा आश फल्छ| हरेक पल प्रदेशमा जवानहरूको लास ढल्छ| गाउँमा आमा पधेरीमा भर्र्नै नपाइ पानी दिन ढल्छ| छोरा को उता प्रदेशमा सपनाको महल ढल्छ| यता बहीनी मेला जाँदा बाटो बाटै इज्जत चल्छ।। -- देउल्याल थापो --   - वटावा October 31, 2018

साथी

Image
साथी ले दिन्छ साथ लडेको बेला हात । एउटा असल साथी लाखौ भन्दा माथी। रूप रंग हेर्दैन धनी गरीब देख्दैन । असल साथी डग्दैन परेको बेला भाग्दैन ।।। बोलेर भन्दा गरेर दिलमा माया भरेर उडान भर्छ हर घडी गगन चुम्ने ग-अ-री ।। हजाराै किताब सरी एउटै असल साथी सबै भन्दा माथी उकाली मा जसरी वरालीमा उसैरी साथमा चारै प्रहर जस्तो जस्तो माथ उस्तै उस्तै साथी माथी दोश दिएर हुदैन मूछ् दिएर छुदैन - -- देउल्याल थापो -- नोभेम्बर २०१८

खै

Image
खै के लेख्ने  के ही आएन लेख्न खोज्दा  त्यही  आएन। यसो केही भनैा भनि भन्न खोज्दा भन्नै आएन बेली र चमेली यहाँ फेरी आएन।। बसेकै हू लेख्न खोज्न टिम हर्टनमा ऊ आयो , गाड़ी आयो, तर ATM Card आएन मन मारेर कहॉ हुन्छ भनी सम्हालिदै फेरी मधुशाला धाईयो बोटल आयो, गिलास आयो, ठुल् ठुला बात आए तर डा. KC र निर्मला पन्त को लागी जाबो नाथे एक लाईक आएन नडगमगाई लेख्न कोशिश जारी रह्ययो Valentine’s Day आयो , काडां आयो, पात आयो तर फ़ुल (को त कुरै )आएन हिक्मत हारिन लेख्न, स्यालरी  आयो, साथी आए, पुन मधुशाला छायो। अस्पताल बाट सहयोगको जब मेरो आह्वान आयो उसको अत्तोपत्तो आएन त्यसपछी बल्ल मेरो होश आयो ।। -- देउल्याल थापो --   January 3, 2019

आहा:

Image
लुकी लुकी लाएको पिरतीको कती मज्जा छुपाएर खाने गरेको यो चुरोटको कत्ति मज्जा ढाट्न त सकिएन ती दिनहरू मा ढाँटे जस्तै गरी, झुक्याए जस्तो गरी बेला बेला साथी संग सल्काएको यो चुरोटको आहा कत्ति मज्जा तिमी आखां ले छेक्नु, भ्याउ नपाए जस्तो गर्नु म ढोकाले चेक्छु, बाहिर नगए जस्तो गर्छु म पियर धुवां नघोले झै जस्तो गर्छु पि्य गन्ध पाएर पनि सुकमैलको सुगन्ध जस्तै हो ठान्नु तिमी आफै भन न पि्य म लागेको बानीलाई मैले कसरी नाइ नभन्नु।। जती सजाए हुन्छ, सबै गईसके पछी सहन्छु यो सबै करामत पिरतीकै कै याद कै हो नढाटी म भन्छु बाहिर धुवॉ सगै घोलेर पिएको आहा कत्ति मज्जा । -- -- देउल्याल थापो -- february ८,२०१९ 

झझल्को

Image
तिमीलाई देखे पछि जुन भेटेझै लाग्यो  जुनेली अघिको औंसि कटे झै  लाग्यो  म  त्यही  थिएं , तिमी पनि  त्यही  थियोै तिमो् नज़र संग मेरो नज़र मिले जस्तो  लाग्यो  ।।। हरेक पल्ट सिटी मार्दा मैले तिम्ले भेटको लागी date सोधे जस्तो  लाग्यो  ।।।।। धरौधर्म सत्ते क़सम कोही भेटिए  जस्तो  लाग्यो  हारेर के भो भलिबल कता कता जिते जस्तो  लाग्यो  तिमी ते ता म यता कता कता आंखा जुधे झै जस्तो  लाग्यो  धरौधर्म सत्ते क़सम कोही भेटिय जस्तो  लाग्यो  हारेर के भो भलिबल कता कता जिते जस्तो  लाग्यो ।। हरेक पल्ट तिमी चलमलाउंदा लह लह राईएको तिमो् केश राशी जस्तै मेरो मन जितले फहराए झै जस्तो  लाग्यो ।। धरौधर्म सत्ते क़सम कोही भेटिय जस्तो  लाग्यो  हारेर के भो भलिबल कता कता जिते जस्तो  लाग्यो  किन जानी राख्नु मैले तिमी को हैा भनी मलाई त कता कता आफ्नै जस्तो  लाग्यो  ।।। धरौधर्म सत्ते क़सम कोही भेटिय जस्तो  लाग्यो  हारेर के भो भलिबल कता कता जिते जस्तो  लाग्यो  Volleyball पनी तिमो् आखां जस्तै सुन्दर देख्न थाले कसरी हीर्काउनु म आफ्नै आखा

मन्जरी

Image
यात्रा मा हिडेको म अगाडी मैले मेरो मन्जिल देखे  थाहा नपाई धेरै अगाढी  बढी  सकेछु  सबै बिर्सेर  उनको सामिप्पे पाउन  धेरै अगाडी बढेछु  उनि भन्दापनि  चाहना अरुका  चान बनाएर  आफ्नै रफ्तार मा  मनको मंजरिलाई  हासिल गर्न  इस्पिडीइन्ग्को टिकट  थमाए पछी  आखाँ खोलेको हुँ  के पाए मैले ? यसको हिसाब किताब  बाँकी छ  मंजरिको मोह  अझै जारी छ  पाइला पातला भए  जुता पुराना  मन झन्  तनेरी याद सल्बलाउन  कहिले रोक्केन  तर  रहर  पग्लिन थाले   हिमपात पछि  बसन्त आयो  पुरानो  मन्जिल  बुतेर  शरीर भरि दौडी रहेछ      -- देउल्याल थापो -- मे १४ २०२० Thursday  रूम सस्कटूं