म खोजि रहेछु
म खोजि रहेछु
म खोजि रहेछु
बागमती
उपत्यका को बीच छाती बाटै,
मेरै आखाँ अगाडी हराएको छ
मेरै जिबन कालमा इतिहांस बनेर
मेरो उपहांस गरे झैँ
अठाहं!श हाँसो को बर्षा म माथि
मेरो हुनुको मा प्रश्न तेर्साए को छ
मेरो पिडिहरु प्रति लछित
ठुलो बेगेँ प्रहार
घर जोडेर बास त दिए
तर धर्ति तोडेर के दियँ ?
म संग कुनै जवाफ छैन
मेरो पछिका पिडीहरु लाई
मेरा सन्तानहरु लाई
अमुक भएर आकाश तिर हेर्दै
लामो श्वास फेर्ने बाहेक
अरु मसंग के छ।।
कस्तो भबिस्य दिन खोजिरहेछु ?
कस्तो समाज को नक्शा निर्माण गरि रहेछु?
अनि कस्तो पथ तिर लम्कन
मेरा पछिका पिडि हरुलाई
उत्प्रेरित गरिरहेछु।।
बिष रोपेर
अमृत फलाउने मेरो हूटहुटी
संकिण सोच को परिधि भित्र
सफलता खोज्ने मेरो छटपटा हट ।
तेही पछि आउने पिडि को लागि
पासो बन्ने
सोच बिनाको कर्म
रोकिने कुनै आभास छैन ।।
-देउल्याल थापो
मे १७ ,२०२०
सस्कतून
Comments
Post a Comment