जून आउँदा


जून आउँदा पनि तिमीलाई सम्झन्छु 

हरेक रातहरुमा तिमीलाई सम्झन्छु |


यो महिनामा दुइपटक पुर्णिमा छ रे 

तिमि आउनु म आउंछु संगै बस्नु पर्छ भरे |


प्रेमका अम्मर गित गाउनु पर्छ 

शित लहर हुन्जेल सम्म रमाउनु पर्छ |

 शितल पवन को इस्पन्दनमा छोएर 

हाम्रो प्रेमको निशानी बनाउनु पर्छ 

प्रेम जीवन हो प्रेम धर्म हो भनेर 

हाम्रो समाजलाई मनाउनु पर्छ |


प्रेम खुशी हो प्रेम धन हो मनको शान्ति हो 

जीवन को उत्सर्ग हो भनेर 

ढुंगा ढुंगा मा खोपाउनु पर्छ 

सन्ततति हरुलाई प्रेम को संदेश पठाउनु छ ||


-  देउल्याल थापो 

-----october 2020 

सस्कतॊन 

Comments

Popular posts from this blog

भबिस्य खोज्दै

मेरो छोरा