मैले पढेर
मैले पढेर न त रकेट बनाउनु छ
न त हवाइ जहाज उडाउनु छ ।
मैले त मात (बन्दगी ) राखेको गैरी खेत
मुख्या बा बाट निकास्नु छ
एक हल गोरु किन्नु छ
एक भारी धान फलाउनु छ
आमा बा को लागि गास जोड्नु छ।
आमा बा को लागि बिहे गर्नु छ
एक घोर्ले छोरा जन्माएर
बा आमालाई खुशी बनाउनु छ ।
मैले पढेर न त रकेट बनाउनु छ
न त हवाइ जहाज उडाउनु छ ।।
Comments
Post a Comment