Posts

Showing posts from 2023
 उसले सधै त्येही भन्छ 

भबिस्य खोज्दै

 कसैले स्कुल बनाउने  भन्दै श्रमदान गर्छन  कोही त्यही स्कुल बनाउने भन्दै चियापान झारर्छन्  गाँउहरु त बन्दै थिए नि आफ्नै गतिमा  एनजीओ र आइएनजीओ आएर रसपान गर्छन।  सन्तानको भबिस्य खोज्दै बिदेसिने जमात यो कस्तो ? आफ्नै भबिस्य नदेख्न्ने जोतिषी जस्तो।  ----- ------  -------  April 9, 2023 ---------- -----  ------

क्या कमाल छ

 यो हिउँले छोपिएको मूनि ताल छ  ६ महिना तालको यस्तै बेहाल छ।   क्यानाडा मा हो हजुर बस्ने म पनि  मेरो पनि यस्तै हाल छ।   जमिन, रुख हेर्न पाउनु निधार मा छैन   ६ महिना त हिउँको यहाँ यस्तै बोलाबाल छ।   नोट गन्ने , रुपियाँको थैलो भर्न,  यहाँ माला माल छ  तपाई पनि आउनुहोस हजुर याँहा क्या कमाल छ।   जता हेर्यो, जता गयो सिरेटोको आहाल छ  तपाई कहिले आउनुहुन्छ याँहा भन्ने मेरो सबाल छ।   बाटो भरि हिउँ, छानो भरि हिउँ सहर भरि बबाल छ धैत ! यो पनि के जिन्दगी हो र भन्ने मेरो सबाल छ।  —— ——- —बौरट्या दाई। ——.——-.—-.—-.

खाडीको पुकार

 खाडी आएको पनि ६ वर्ष पुरा भएछ।  लाग्छ, ६ जुनी देखि खाडीमा तातो हावाको स्वास लिरहेकोछु, अनि  खाडीमा खाडल खन्दै आफना सपनाहरु पुरी रहेकोछु। कलिला रहरहरु चर्को घाममा जलाएर पसिना पुछीरहेकोछु। हुन त अब रहरहरु पनि कहाँ बाकिं छन् र ? अरु बाटो पनि केहि देख्दैन आजभोलि। आस्था, भरोसा, र सपनाहरु त नेपाल मै हुदा टुटिसकेका थिए। स्वदेश फर्केर पनि केही गर्न सकिने बाताबरण अनुकुल भएको पाउदैन।  जताततै भनसुन, चाकरितंत्र, र भांडभैलो को माहोल देख्छु जसले गर्दा  जाँगर नै  मर्छ।  एउटा राहदानी नबिकरण गर्नु पर्ने , तीन दिन सम्म रात दिन लाएनमा लागेर, खाना पिना छोडेर बल्ल गर्न सके . बाकी दिन पनि श्रम स्वीकृति लिन लाग्यो।  मलाई लाग्यो यो भन्दा ठुलो बिजय त के हुन सक्छ ?  यसरी एक हप्ता छुट्टीको त यसैमा गयो। बाँचेको बाकी बिदाका दिनहरु आफन्तहरु संग भेटघाटमै बित्यो काठमाडौँ मा।  लाग्यो सरकार सुतेको छ वा कतै हराएको।  जाबो राहदानी नबिकरण गर्न र बैदेसिक रोजगार अनुमति पत्र लिन यस्तो दुक्ख खेप्नु पर्यो।  आफ्नै भूमिमा, दास झैँ पिरलिनु पर्ने। सास्ती खेप्नु पर्ने।  कहिले होला सहजताको अनुभूति हुने?  हामीलाई तेस्तो चमत्कार के नै
 समय थियो मेरो मन पनि थियो  दिलमा उनको बाहार थियो  आहा ! त्यो क्या जमाना थियो ! दूनियाँ उनको दिवाना थियो  भिता , ढुंगा र  कागजहरुमा उनको नामै नाम थियो  झोला भरि चिट्टी-पत्र कै  चान थियो गृहकार्यको गरेको त सब त्यो बाहाना थियो।।  गल्लि गल्लिमा उनकै सम्झनाको लहर थियो  त्यसैले त  त्यहाँ सहर थियो  फर्की-फर्की हेर्नेहरुका कति बाँहाना थिए  मन भित्र त उनको सबैमा चाहना थ्यो भन्नै नसक्नेहरुका त कति काहानी थिय।    आखिर क्या त्यो जमाना थियो।।       January 1, 2023    ---बौरट्या दाई बाट------