Posts

Showing posts from November, 2020

मलाई दुख्छ

मलाई दुख्दा पनि मनलाई दुख्छ  तिमीलाई दुख्दा पनि मलाई दुख्छ । यो जीवनको सेरोफेरो  जता हिंडे पनि जता कुदे  पनि  यि पैतालाहरु किन किन  तिमी भए तिरै पुग्छन्  ।। -DHANA

आकाश को जून तिमी

Image
जून आउँदा पनि तिमीलाई सम्झन्छु मिठो संगीत को धून बज्दा तिमीलाई  सम्झन्छु हरेक यादहरु मा ति बातहरु सम्झन्छु। यो महिनामा दुइपटक पुर्णिमा छ अरे  तिमि आउनु म आउंछु संगै बस्नु पर्छ भरे । प्रेम का अम्मर गित गाउनु पर्छ  शितल पवन को स्पन्दन छोएर  हाम्रो प्रेमको निशानी बनाउनु पर्छ । प्रेम जिवन, प्रेम धर्म हो भनेर  हाम्रो समाज लाई मनाउनु पर्छ  प्रेम खुशी हो, प्रेम धन हो  मनको शान्ति, जीवन को उत्सर्ग हो भनेर  ढुंगा ढुंगामा खोपाउनु पर्छ  सन्ततिहरुलाई प्रेम को संदेश पठाउनु पर्छ ।।
 कम्पनी तोलाको छ की माया भनेर बोलको 
  " Light is more important than the lantern, The poem more important than the notebook, and the kiss more important than the lips, My letters to you are greater and more important than both of us, They are only documents where people will discover your beauty  and my madness." - N. Qabbani (A Syrian Poet)