आकाश को जून तिमी



जून आउँदा पनि तिमीलाई सम्झन्छु
मिठो संगीत को धून बज्दा तिमीलाई  सम्झन्छु
हरेक यादहरु मा ति बातहरु सम्झन्छु।

यो महिनामा दुइपटक पुर्णिमा छ अरे 
तिमि आउनु म आउंछु संगै बस्नु पर्छ भरे ।

प्रेम का अम्मर गित गाउनु पर्छ 
शितल पवन को स्पन्दन छोएर 
हाम्रो प्रेमको निशानी बनाउनु पर्छ ।

प्रेम जिवन, प्रेम धर्म हो भनेर 
हाम्रो समाज लाई मनाउनु पर्छ 
प्रेम खुशी हो, प्रेम धन हो 
मनको शान्ति, जीवन को उत्सर्ग हो भनेर 
ढुंगा ढुंगामा खोपाउनु पर्छ 
सन्ततिहरुलाई प्रेम को संदेश पठाउनु पर्छ ।।

Comments

Popular posts from this blog

झझल्को

क्या कमाल छ