Posts

जित

  रोगले हारेको देख्न पाइने कहिले होला ? सुन्तला आफ्नै बारीमा टिप्न पाइने कहिले होला ? सुत्केरी अस्पताल पुग्ने कुनै मेलो मेसो छ कि छैन खादा माला लगाउन त लगाइदियौ बिजयको फेरि, विचार गरेउ कि गरेनौ, आखाँ देख्ने हुन् कि होइनन।। Chaitra 5, 2082

Thapa Kaaji_Struggle

 In a quiet rural village surrounded by terraced fields and dusty footpaths lived the family of Thapa Kaaji . The village followed deep-rooted traditions. Life revolved around farming, livestock, and tightly knit community structures where power often belonged to a few dominant families. Thapa Kaaji was born into a household where hardship was constant. His father struggled with alcoholism, and most of the small income the family earned from farming was spent on drink. What little remained was rarely enough for food, clothing, or school supplies. Nights were often heavy with tension. Raised voices and broken silence became a painful part of childhood. For young Thapa, home was unpredictable. His mother carried the burden quietly—working long hours in the fields, tending animals, and trying to shield her children from conflict. Though exhausted, she whispered encouragement to her son: “Education is your way forward. Don’t let this village define your future.” Beyond their home...

Thapa Kaaji -Dream

In the far-western hills of Nepal, where the mountains rise like guardians and narrow footpaths wind through terraced fields, a boy named Thapa Kaaji was born in the remote village of Bajhang, Rithapata. Life in Rithapata was simple but demanding. Electricity was uncertain, no roads, and access to health care was limited. Yet the village was rich in resilience, community spirit, and hope. From a young age,  Thapa Kaaji   understood what it meant to walk long distances—whether to fetch water, help in the fields, or attend school. Each morning, he would set off along rugged trails to reach Jalapa secondary School , carrying his books carefully wrapped to protect them from dust and rain. The classrooms were modest, with wooden benches and chalkboards worn from years of use. But for  Thapa Kaaji  , they were places of possibility. He was a quiet but determined student. While many of his peers faced pressure to leave school early to support their families, ...

संयुक्त राज्य अमेरिकाको घाइते घुँडा नरसंहार

Image
घाइते  घुँडा नरसंहार source: Wikipedia आजको दिन (देचेम्बेर २९ १८९० ) १३५ वर्ष अघि अमेरिकन आदिबासी को नरसंहार गरेको थियो अमेरिकन सैनिकहरूले। आज को दिन लाइ आदिबासी हरुले कालो दिनको रुप मा पनि हेर्छन।  यसरी ३०० भन्दा लकोटा आदिबासी को ज्यान गयको थियो जसमा बालबालिका ,आइमाई र उमेर पुगेका आदिबासी हरु पनि थिय।  त्यति बेला अमेरिकन सरकारले सैनिक हरुलाई मेडल प्रदान गरियो र सम्मान पनि गरियो।  यो अमेरिकन सेनाको लाकोटालाई निशस्त्र गर्न पाइन रिज अभियानको भाग थियो ।  यो अभियान सजिलो संगै गर्ने सकिने अवस्था थियो तर अमेरिकन सैनिक ले त्यसमा ध्यान नदियर आदिबासी मार्ने कार्य गरियो र कालो इस्तिहाश लेख्यो। यो ठाउँ अहिले  संयुक्त राज्य अमेरिकाको  दक्षिण डकोटाको    मा पर्छ. sources Wikipedia   सन् २००१ मा, अमेरिकी भारतीयहरूको राष्ट्रिय कंग्रेसले सैन्य पुरस्कारहरूको निन्दा गर्दै दुई प्रस्तावहरू पारित गर् यो र संघीय सरकारलाई तिनीहरूलाई रद्द गर्न आह्वान गर् यो। नरसंहारको स्थल, वुन्डेड नी ब्याटलफिल्डलाई  अमेरिकी आन्तरिक विभागले राष्ट्रिय ऐतिहासिक स्थल घोषण...

हैडा कला

Image
Bill Reid Gallery of Northwest Coast Art -November 5, 2025 हैडा कला क्यानडामा बिशेस महत्व र प्रख्यात छ।  अझ खास गरि ब्रिटिश कोलम्बियामा, क्यानडाको सबै भन्दा पश्चिमको प्रदेश मा।   तपाईहरु घुम्न वा काम बिसेस ले आउनु भयो भने एरपोर्ट बाट सुरु भयर जताततै यो हैडा कला ( Haida ) देख्न सक्नु हुन्छ। मैले अस्ट्रेलिया जादा पनि अस्ट्रलियन आदिबासी का कलाकृति हरु देख्ने मौका पाएको थिय। त्यो कला हरु कुनै पनि यूरोपेली वा अन्य देशहरु बाट नआएर बिसुद्द त्यही को आदिबासी हरु को मौलिक्कता र सस्कृतिको ऐना हो।   त्यस्तै क्यानडामा पनि हैडा कला बिशेस छ।   यो क्यानडाको ब्रिटिश कोलम्बियामा रहेको हैडा ग्वाई (पहिले रानी चार्लोट टापु) को हैडा रचनाको सम्पदा हो, जसले एक समृद्ध कलात्मक परम्परा प्रस्तुत गर्दछ। यसमा काठको नक्काशी, आर्जिलाइट नक्काशी, बुनाइ, चित्रकला, र गहना बनाउने जस्ता विभिन्न माध्यमहरू समावेश छन्, जसमा प्रायः जनावरहरू, पौराणिक प्राणीहरू र पुर्खाहरूको आत्माहरु चित्रण गरिन्छ। हैडा ग्वाई द्वीपसमूह, यसको उबडखाबड भूभाग र घना जंगलहरूले गर्दा, लगभग दुई हजार वर्षदेखि यो परम्पराल...

सुन्तला शर्ट दिवस: क्यानाडामा सत्य र मेलमिलापको लागि राष्ट्रिय दिवस

  सुन्तला शर्ट दिवस: क्यानाडामा सत्य र मेलमिलापको लागि राष्ट्रिय दिवस क्यानडामा हरेक वर्ष सेप्टेम्बर ३० मा सुन्तला शर्ट दिवस मनाइन्छ। यो दुखद इतिहास र आदिवासी समुदायहरूमा आवासीय विद्यालय प्रणालीको स्थायी प्रभावहरू पहिचान गर्ने र बचेकाहरू, तिनीहरूका परिवारहरू, र कहिल्यै घर नफर्केका बालबालिकाहरूलाई सम्मान गर्ने दिन हो। यो गम्भीर प्रतिबिम्ब, शिक्षा, र मेलमिलापको चलिरहेको प्रक्रियाको लागि प्रतिबद्धताको दिन हो। सुन्तला शर्ट को महत्व दिनको प्रतीकवाद फिलिस वेबस्ट्याडको व्यक्तिगत कथाबाट उत्पन्न हुन्छ, जो Stswecem'c Xgat'tem प्रथम राष्ट्रकी उत्तरी Secwépemc (Shuswap) आदिवासी महिला हो। 1973 मा, ब्रिटिश कोलम्बियाको सेन्ट जोसेफ मिशन आवासीय विद्यालयमा पहिलो दिनमा, छ वर्षीया फिलिसले नयाँ, उज्यालो सुन्तला रंगको शर्ट लगाएकी थिइन् - उनको हजुरआमाबाट उपहार। विद्यालयका अधिकारीहरूले तुरुन्तै उनको शर्ट फुकालेर सट्टामा वर्दी लगाए। शर्ट कहिल्यै फिर्ता भएन। सुन्तला रंगको शर्ट कसरी आवासीय विद्यालय प्रणालीले आदिवासी बालबालिकाहरूलाई उनीहरूको पहिचान, संस्कृति र आत्मसम्मानबाट व्यवस्थित रूपमा खोसेको एक शक्ति...

कहिले म अगाडी हिडे छु

    कहिले   म   अगाडी   हिडे   छु कहिले म अगाडी हिडे छु देखेका सपनाहरु भन्दा कहिले पछाडी परे आफ्नै छाया भन्दा आखिर म भन्दा मै पछाडी परे जब म मै रहेन अनि रहरहरु रहर नै रहेन।   ----- बौरट्या दाई। November 7th 2k25

कसले लेखिदेला ?

  कसले लेखिदेला ? ति ढुंगाका कथा ? ति ठिङ्ग उभिइका पहाडका बेथा सलल बगी रहेका बाउली खोला , र सेती नदिको गित। कसले भरिदेला संगीत ? जुगौ जुग सुसेलीरहेको सल्लिपिरहरुको । कसले सुम्सुमाई देला , कसले लगाई देला मलम ? ति ठेला उठेका हातहरुमा , नाम्लोले डामेको तालुमा कसले राखी देला मान ? उम्रिदै सड्डी रहेको अचुक बुटिहरुको। यार्सा , फंफार , भाङ्ग , गाजा । कसले लेखिदेला ? खप्तडका पाटनहरु को सौन्दर्य बखान   रंगी चंगी फूलहरुको कविता   त्यहा उडिरहने परेवाहरुको प्रेमलिला।।     ----- बौरट्या दाई। November7th2k25
 उसले सधै त्येही भन्छ 

भबिस्य खोज्दै

 कसैले स्कुल बनाउने  भन्दै श्रमदान गर्छन  कोही त्यही स्कुल बनाउने भन्दै चियापान झारर्छन्  गाँउहरु त बन्दै थिए नि आफ्नै गतिमा  एनजीओ र आइएनजीओ आएर रसपान गर्छन।  सन्तानको भबिस्य खोज्दै बिदेसिने जमात यो कस्तो ? आफ्नै भबिस्य नदेख्न्ने जोतिषी जस्तो।  ----- ------  -------  April 9, 2023 ---------- -----  ------

क्या कमाल छ

 यो हिउँले छोपिएको मूनि ताल छ  ६ महिना तालको यस्तै बेहाल छ।   क्यानाडा मा हो हजुर बस्ने म पनि  मेरो पनि यस्तै हाल छ।   जमिन, रुख हेर्न पाउनु निधार मा छैन   ६ महिना त हिउँको यहाँ यस्तै बोलाबाल छ।   नोट गन्ने , रुपियाँको थैलो भर्न,  यहाँ माला माल छ  तपाई पनि आउनुहोस हजुर याँहा क्या कमाल छ।   जता हेर्यो, जता गयो सिरेटोको आहाल छ  तपाई कहिले आउनुहुन्छ याँहा भन्ने मेरो सबाल छ।   बाटो भरि हिउँ, छानो भरि हिउँ सहर भरि बबाल छ धैत ! यो पनि के जिन्दगी हो र भन्ने मेरो सबाल छ।  —— ——- —बौरट्या दाई। ——.——-.—-.—-.

खाडीको पुकार

 खाडी आएको पनि ६ वर्ष पुरा भएछ।  लाग्छ, ६ जुनी देखि खाडीमा तातो हावाको स्वास लिरहेकोछु, अनि  खाडीमा खाडल खन्दै आफना सपनाहरु पुरी रहेकोछु। कलिला रहरहरु चर्को घाममा जलाएर पसिना पुछीरहेकोछु। हुन त अब रहरहरु पनि कहाँ बाकिं छन् र ? अरु बाटो पनि केहि देख्दैन आजभोलि। आस्था, भरोसा, र सपनाहरु त नेपाल मै हुदा टुटिसकेका थिए। स्वदेश फर्केर पनि केही गर्न सकिने बाताबरण अनुकुल भएको पाउदैन।  जताततै भनसुन, चाकरितंत्र, र भांडभैलो को माहोल देख्छु जसले गर्दा  जाँगर नै  मर्छ।  एउटा राहदानी नबिकरण गर्नु पर्ने , तीन दिन सम्म रात दिन लाएनमा लागेर, खाना पिना छोडेर बल्ल गर्न सके . बाकी दिन पनि श्रम स्वीकृति लिन लाग्यो।  मलाई लाग्यो यो भन्दा ठुलो बिजय त के हुन सक्छ ?  यसरी एक हप्ता छुट्टीको त यसैमा गयो। बाँचेको बाकी बिदाका दिनहरु आफन्तहरु संग भेटघाटमै बित्यो काठमाडौँ मा।  लाग्यो सरकार सुतेको छ वा कतै हराएको।  जाबो राहदानी नबिकरण गर्न र बैदेसिक रोजगार अनुमति पत्र लिन यस्तो दुक्ख खेप्नु पर्यो।  आफ्नै भूमिमा, दास झैँ पिरलिनु पर्ने। सास्ती खेप्नु पर्ने।...
 समय थियो मेरो मन पनि थियो  दिलमा उनको बाहार थियो  आहा ! त्यो क्या जमाना थियो ! दूनियाँ उनको दिवाना थियो  भिता , ढुंगा र  कागजहरुमा उनको नामै नाम थियो  झोला भरि चिट्टी-पत्र कै  चान थियो गृहकार्यको गरेको त सब त्यो बाहाना थियो।।  गल्लि गल्लिमा उनकै सम्झनाको लहर थियो  त्यसैले त  त्यहाँ सहर थियो  फर्की-फर्की हेर्नेहरुका कति बाँहाना थिए  मन भित्र त उनको सबैमा चाहना थ्यो भन्नै नसक्नेहरुका त कति काहानी थिय।    आखिर क्या त्यो जमाना थियो।।       January 1, 2023    ---बौरट्या दाई बाट------
 लाग्छ बेप्रवाह नदी झै बगि दिउ#  निःसन्देह, निडर, निस्फीक्री #  मन मौजी तबरले बच्चाले झै हिडि दिउ,  विना संकोच॥
 बात बदलिय  रात बदलिएन  यो कस्तो समय हो? सिंगार बदलियो  सिंहासन बदलिए न  यो कस्तो अच्चम भो? ठाऊं बदलियो  मान्छे बदलिएन प्रबृति उस्तै भो!! —-लौजा October 29,2019
  हवाईअड्डा   आफ्ना हरूलाई टाढा टाढा लिएर जान्छ त्यसै सगै खुसी उडाएर लान्छ॥

जिन्दगी हो

लडे पछि औला तेर्सिने सबैका उसै तिर  जिन्दगी हो आखिर बर्सिने ढुंगा कमजोरै  तिर ।।।

उस्तै लाग्छ

सबै उस्तै उस्तै लाग्छन  उस्तै नभए नि सस्ता लाग्छन  देखाउने मात्र हुन्  भन्ने मात्र हुन  आफुले नगेर सम्म केहि हुन्न  नमरेर स्वर्ग थाहा हुन्न  अरु त तेसै भन्ने मात्र हुन् ।। -अकुलिना  ----ज नुवोरी ३१ sunday 2021 

सम्झना

 तु त गई रुना रुना सम्झना छाडी गइ  खाली मन भरेर मेरी मायालु सम्झी रयै  सम्झना गरेर मेरी मायालु सम्झी रयै !!! ---unknown 

मेरो छोरा

मेरो छोरा  त्यसैले म भन्छु मेरो छोरा   ज्ञान कमाउ शान नसमाउ  ज्ञानले त दाजु भाई, जात जाति जोड्छ  भाषा सस्कृति लाई  पोष्छ  आफ्नै जमिनलाई  हराभरा बनाउछ ।   तर  तिमीलाई अरुको दास बनायो  छोरा आमा बाट हरायो  पंधेरीमा सधैँ बास्ने झ्याँउकिरी पनि डरायो  खै यो सब कसले गरायो गरायो  लोग्नेमानिस बिनाको गाउँ  पूजारी बिनाको मन्दिर  रित्ता बाटाहरु  हरिया तमाखुका बोटहरु  गाउँ बाट हराए  स्वास्थ्य चौकी नजिक थियो  खै त्यो पनि राता राता कसरी बोक्सी लागि सरायो  तिम्रो डिग्रीले न त कसैले सिटामोल पायो  न त कसैको ज्वरो घटायो  तिम्रो डिग्रीले न त घाँस दाउरा  आयो  न त कोइली करायो  खेतबारी बाँझै, भकारी आधै  खै यो कसले गरायो  गरायो ।।                                                                   ...