समय थियो मेरो मन पनि थियो 

दिलमा उनको बाहार थियो 

आहा ! त्यो क्या जमाना थियो !


दूनियाँ उनको दिवाना थियो 

भिता , ढुंगा र 

कागजहरुमा उनको नामै नाम थियो 

झोला भरि चिट्टी-पत्र कै  चान थियो

गृहकार्यको गरेको त सब त्यो बाहाना थियो।। 


गल्लि गल्लिमा उनकै सम्झनाको लहर थियो 

त्यसैले त  त्यहाँ सहर थियो 

फर्की-फर्की हेर्नेहरुका कति बाँहाना थिए 

मन भित्र त उनको सबैमा चाहना थ्यो

भन्नै नसक्नेहरुका त कति काहानी थिय।   

आखिर क्या त्यो जमाना थियो।।  


    January 1, 2023    ---बौरट्या दाई बाट------

Comments

Popular posts from this blog

झझल्को

क्या कमाल छ