खाडीको पुकार

 खाडी आएको पनि ६ वर्ष पुरा भएछ।  लाग्छ, ६ जुनी देखि खाडीमा तातो हावाको स्वास लिरहेकोछु, अनि  खाडीमा खाडल खन्दै आफना सपनाहरु पुरी रहेकोछु। कलिला रहरहरु चर्को घाममा जलाएर पसिना पुछीरहेकोछु। हुन त अब रहरहरु पनि कहाँ बाकिं छन् र ? अरु बाटो पनि केहि देख्दैन आजभोलि। आस्था, भरोसा, र सपनाहरु त नेपाल मै हुदा टुटिसकेका थिए। स्वदेश फर्केर पनि केही गर्न सकिने बाताबरण अनुकुल भएको पाउदैन।  जताततै भनसुन, चाकरितंत्र, र भांडभैलो को माहोल देख्छु जसले गर्दा  जाँगर नै  मर्छ। 

एउटा राहदानी नबिकरण गर्नु पर्ने , तीन दिन सम्म रात दिन लाएनमा लागेर, खाना पिना छोडेर बल्ल गर्न सके . बाकी दिन पनि श्रम स्वीकृति लिन लाग्यो।  मलाई लाग्यो यो भन्दा ठुलो बिजय त के हुन सक्छ ?  यसरी एक हप्ता छुट्टीको त यसैमा गयो। बाँचेको बाकी बिदाका दिनहरु आफन्तहरु संग भेटघाटमै बित्यो काठमाडौँ मा।  लाग्यो सरकार सुतेको छ वा कतै हराएको।  जाबो राहदानी नबिकरण गर्न र बैदेसिक रोजगार अनुमति पत्र लिन यस्तो दुक्ख खेप्नु पर्यो।  आफ्नै भूमिमा, दास झैँ पिरलिनु पर्ने। सास्ती खेप्नु पर्ने।  कहिले होला सहजताको अनुभूति हुने?  हामीलाई तेस्तो चमत्कार के नै चाहिएको छ र? बस् सरकारी सेवा सहज र जनतामुखी मात्र बनाई दिए मात्र नै काफी हुने थियो।  हामीलाई सिंगापुर , युरोपे र अमेरिका जस्तो  बनाउनु परेको छैन।  नेपाल नेपाल जस्तो बनाइदिए पुग्थ्यो।  कन्चन मन भएका , निश्चल र निर्दोस आखाँ भएका , बहादुर मुटु भएका , इमान्दार, हंसमुख नेपाली अनि सहयोगी भावाना ले ओतप्रेत नेपाली र नेपाल चाहिएको छ। 

न  स्वदेश काम दिन्छ न त प्रदेशमा काम गर्न जान्छु भन्दा एउटा कागज सहज रुपमा उपलब्ध गरिदिन सक्छ।  कस्तो बिडम्बना हो मेरो र मेरो देशको ? हामीले  कुरा धेरै गरेयौ , नारा धेरै लगायौ, पार्टी धेरै बनायौ तर पार्टीपौवा बनायनौ, नेता धेरै रोज्यौ तर सही नेत्रित्तो रोज्न सकेनौ।

जनयुद्धमा  होमिएको थियं , देशको काँचुली फेर्न।  देशले काँचुली त फेरियो कि फेरिएन। तर मेरो विश्वास फेरियो र सपना टुट्यो।  बिस बाट उन्नाइस पनि भएन, जे सोचेर क्रान्ति गर्न होमिएको थिए ।  ब्यबस्ता त फेर्यौ तर अवस्था फेर्नु पर्छ भन्छन सत्तामा पुगेकाहरु, र सत्ता को लागि लडी रहेकाहरु।  अब त विश्वास पनि लाग्न छोडी सक्यो।  देश बनाउने भन्नेहरुमा।   खै के ले गर्दा हो नेताहरु आफ्नो बाचाहरु पुरा गर्न सकस परेको, हाम्रो आशाहरु, भरोसाहरु  पुरा गर्न साहस नभएको ।  आफै आफै मा लड्यो।  पार्टी पार्टी लड्यो। बदलामा देश लाई पो पछारछन् ।  पार्टी बनाउनमा ज्यादा उद्धत छन् देश बनाउने भन्ने त नाम मात्र हो। 

दश वर्ष जनयुद्धको न त सहि मुल्यांकन गर्न सके नत यस बाट पाठ सिक्न सके र न त प्रयास नै भएको छ। आशा लाग्छ यसको सहि मुल्यांकन हुने छ एक दिन।  इतिहांसमा सहि समलोच्नामक बिस्लेषण सहित भावी पुस्ताहरु ले पाठसिक्न  सक्ने छन्।   

जनयुद्धले ल्याएको सामाजिक जनचेतना र परिबर्तनलाई नकार्न सकिदैन भन्ने मलाई लाग्छ।  हाम्रो समाजमा जातिय विभेद र असमानतामा आएको परिबर्तन र चेतनाको सुरुवात पनि एक उपलब्धि ठान्नु पर्छ। एक जनताको छोरो भैसी चराउने बालक आज देश को पहिलो राष्ट्र प्रमुख बन्न सफल भएको छ। दुइ सय भन्दा लामो र पुरानो राजकिय सस्था र पारिवारिक हैकमको अन्त्य भएको छ। यो भन्दा बढी जग बनाउने काम के हुन् सक्छ ? यसलाई समालोचनात्मक ढंगले बिस्लेषणगरि निरंतरत जनमुखी र हाम्रो माटो सुहाउदो तबरले लैजानु पर्छ जस्तो लाग्छ। 

गाउँ तहबाट त परम्परागत  विभेदका जराहरु हल्लायर फाल्न्ने कामको सुरुवात भएको छ। र अब भै नै रहने छ। यी सबै सकारात्मक पक्ष हेर्दा आफुलाई सन्तोष पनि लाग्छ। राजनीति पाटीहरु त आफ्नो अनुकुल ब्याख्या र बिस्लेषण गर्छन।  यसलाई कुनै पार्टी संग मात्र सिमित राख्नु उचित हुने छैन।।  यो त सिंगो देशले दिएको बलिदान बाट प्राप्त उपलब्धि हो। सबैलाई चेतना भया।।  

म खाडी मा छु। तर मेरो मन मेरै मातृभूमि कै उकाली ओराली मा छ।  सुगन्धित माटो मा छ। पिपल चौतारी मा छ।  डांडापाखा मा छ।  खोला पहरामा छ।  गोरेटो र भन्ज्यांग मा छ।  खोला र नदि संगै बगीरहन्छ।  झरनाहरु बाट झरी रहन्छ। खोला र नदि संगै बगीरहन्छ।  अविरल इन्द्रावति झैँ , सेती र कर्णाली झैँ अविरल अविरल। 


----बौरट्या दाई बाट----

January 1, 2023

Comments

Popular posts from this blog

झझल्को

क्या कमाल छ