कसले लेखिदेला ?
कसले लेखिदेला ?
ति ढुंगाका कथा
?
ति ठिङ्ग उभिइका पहाडका बेथा
सलल बगी रहेका बाउली खोला,
र सेती नदिको गित।
कसले भरिदेला संगीत
?
जुगौ जुग सुसेलीरहेको सल्लिपिरहरुको ।
कसले सुम्सुमाई देला,
कसले लगाई देला मलम
?
ति ठेला उठेका हातहरुमा,
नाम्लोले डामेको तालुमा
कसले राखी देला मान
?
उम्रिदै सड्डी रहेको अचुक बुटिहरुको। यार्सा,
फंफार,
भाङ्ग,
गाजा ।
कसले लेखिदेला
?
खप्तडका पाटनहरु को सौन्दर्य बखान
रंगी चंगी फूलहरुको कविता
त्यहा उडिरहने परेवाहरुको प्रेमलिला।।
-----बौरट्या दाई।
November7th2k25
Comments
Post a Comment