क्या कमाल छ
यो हिउँले छोपिएको मूनि ताल छ
६ महिना तालको यस्तै बेहाल छ।
क्यानाडा मा हो हजुर बस्ने म पनि
मेरो पनि यस्तै हाल छ।
जमिन, रुख हेर्न पाउनु निधार मा छैन
६ महिना त हिउँको यहाँ यस्तै बोलाबाल छ।
नोट गन्ने , रुपियाँको थैलो भर्न, यहाँ माला माल छ
तपाई पनि आउनुहोस हजुर याँहा क्या कमाल छ।
जता हेर्यो, जता गयो सिरेटोको आहाल छ
तपाई कहिले आउनुहुन्छ याँहा भन्ने मेरो सबाल छ।
बाटो भरि हिउँ, छानो भरि हिउँ सहर भरि बबाल छ
धैत ! यो पनि के जिन्दगी हो र भन्ने मेरो सबाल छ।
—— ——- —बौरट्या दाई। ——.——-.—-.—-.
Comments
Post a Comment