म खोजि रहेछु



म खोजि रहेछु

म खोजि रहेछु 
बागमती 
उपत्यका को बीच छाती बाटै,
मेरै आखाँ अगाडी हरायको छ 
मेरै जिबन कालमा इतिहांस बनेर 

मेरो उपहांस गरे झैँ 
PAINT THE FUTURE – INDIVIDUALIZED LEARNING
कस्तो भबिस्य कोर्दै छु 
अठाहं!श हाँसो को बर्षा म माथि 
मेरो हुनुको मा प्रश्न तेर्साए को छ 
मेरो पिडिहरु प्रति लछित 
ठुलो बेगेँ प्रहार 
घर जोडेर बास त दिऍ 
तर धर्ति तोडेर के दियँ ?

म संग कुनै जवाफ छैन 
मेरो पछि का जेनेरेशन लाई 
मेरा सन्तान हरु लाई 
अमुक भएर आकाश तिर हेर्दै 
लामो श्वास फेर्ने बाहेक
अरु मसंग के छ 

कस्तो भबिस्य दिन खोजिरहेछु ?
कस्तो समाज को नक्शा  निर्माण गरि रहेछु?
अनि कस्तो पथ तिर लम्कन 
मेरा पछिका पिडि हरुलाई 
उत्प्रेरित गरिरहेछु 

बिष रोपेर 
अमृत फलाउने मेरो हूटहुटी 
संकिण सोच को परिधि भित्र 
सफलता खोज्ने मेरो छटपटा हट 

तेही पछि आउने पिडि को लागि 
पासो बन्ने 
सोच बिनाको 
कर्म 
रोकिने कुनै आभास छैन ।।

-देउल्याल थापो 


मे १७ ,२०२० 
सस्कतून 




Comments

Popular posts from this blog

झझल्को

क्या कमाल छ