मन्जरी


यात्रा मा हिडेको म
अगाडी मैले मेरो मन्जिल देखे 
थाहा नपाई धेरै अगाढी 
बढी  सकेछु 

सबै बिर्सेर 
उनको सामिप्पे पाउन 
धेरै अगाडी बढेछु 
उनि भन्दापनि 

चाहना अरुका 
चान बनाएर 
आफ्नै रफ्तार मा 
मनको मंजरिलाई 
हासिल गर्न 

इस्पिडीइन्ग्को टिकट 
थमाए पछी 
आखाँ खोलेको हुँ 

के पाए मैले ?
यसको हिसाब किताब 
बाँकी छ 

मंजरिको मोह 
अझै जारी छ 

पाइला पातला भए 
जुता पुराना 
मन झन् तनेरी

याद सल्बलाउन 
कहिले रोक्केन 
तर 
रहर पग्लिन थाले  
हिमपात पछि 
बसन्त आयो 
पुरानो  मन्जिल 
बुतेर 
शरीर भरि दौडी रहेछ 


    --देउल्याल थापो --
मे १४ २०२० Thursday 
रूम सस्कटूं 









Comments

Popular posts from this blog

जित

आखां खोली दिनुस