खै
खै के लेख्ने के ही आएन
लेख्न खोज्दा त्यही आएन।
यसो केही भनैा भनि भन्न खोज्दा भन्नै आएन
बेली र चमेली यहाँ फेरी आएन।।
बसेकै हू लेख्न खोज्न टिम हर्टनमा
ऊ आयो , गाड़ी आयो, तर ATM Card आएन
मन मारेर कहॉ हुन्छ भनी सम्हालिदै फेरी मधुशाला धाईयो
बोटल आयो, गिलास आयो, ठुल् ठुला बात आए
तर
डा. KC र निर्मला पन्त को लागी जाबो नाथे एक लाईक आएन
नडगमगाई लेख्न कोशिश जारी रह्ययो
Valentine’s Day आयो , काडां आयो, पात आयो
तर फ़ुल (को त कुरै )आएन
हिक्मत हारिन लेख्न,
स्यालरी आयो, साथी आए, पुन मधुशाला छायो।
अस्पताल बाट सहयोगको जब मेरो आह्वान आयो
उसको अत्तोपत्तो आएन
त्यसपछी बल्ल मेरो होश आयो ।।
--देउल्याल थापो --
January 3, 2019
Comments
Post a Comment