लेख्नु पर्ने
लेख्नु पर्ने भएर यो कबिता लेखेको हो मैले
आफ्नो कुरा सुन्ने मान्छे नभएर लेखेको हो मैले
हिजो उनि थिइन आज छैनन् , त्यसैले लेखेको हो मैले
शिरमा फुरेर हैन , पिरमा परेर लेखेको हो मैले
पढेर त जीबन बुझ्न सकिन मैले
जब पर्यो अनि जीबन बुझेको हो मैले
सरल जीबन, सहज जीबन हुन्छ भन्थे
त्यसैले त उनलाई जीबन साथी रोजेको हो मैले।।
--देउल्याल थापो--

—-April 15, 2020 night at 4:30am
Comments
Post a Comment