झझल्को



तिमीलाई देखे पछि जुन भेटेझै लाग्यो 
जुनेली अघिको औंसि कटे झै लाग्यो 


म त्यही थिएं , तिमी पनि त्यही थियोै

तिमो् नज़र संग मेरो नज़र मिले जस्तो लाग्यो ।।।


हरेक पल्ट सिटी मार्दा मैले
तिम्ले भेटको लागी date सोधे जस्तो लाग्यो ।।।।।


धरौधर्म सत्ते क़सम कोही भेटिए  जस्तो लाग्यो 
हारेर के भो भलिबल कता कता जिते जस्तो लाग्यो 


तिमी ते ता म यता
कता कता आंखा जुधे झै जस्तो लाग्यो 
धरौधर्म सत्ते क़सम कोही भेटिय जस्तो लाग्यो 
हारेर के भो भलिबल कता कता जिते जस्तो लाग्यो ।।


हरेक पल्ट तिमी चलमलाउंदा
लह लह राईएको तिमो् केश राशी जस्तै
मेरो मन जितले फहराए झै जस्तो लाग्यो ।।


धरौधर्म सत्ते क़सम कोही भेटिय जस्तो लाग्यो 
हारेर के भो भलिबल कता कता जिते जस्तो लाग्यो 

किन जानी राख्नु मैले तिमी को हैा भनी
मलाई त कता कता आफ्नै जस्तो लाग्यो ।।।


धरौधर्म सत्ते क़सम कोही भेटिय जस्तो लाग्यो 
हारेर के भो भलिबल कता कता जिते जस्तो लाग्यो 

Volleyball पनी तिमो् आखां जस्तै सुन्दर देख्न थाले
कसरी हीर्काउनु म आफ्नै आखा झै जस्तो लाग्न थाल्यो ।।


भन्नेले त भने हारे र आए
हारेर पनि जितेको बाज़ीगर झै जस्तो लाग्न थाल्यो

धरौधर्म सत्ते क़सम कोही भेटिए जस्तो लाग्यो 
हारेर के भो भलिबल कता-कता जिते जस्तो लाग्यो ।।।

--देउल्याल थापो --


Jose Royo Nostalgia Painting 50% off - ArtExpress.ws

Comments

Popular posts from this blog

क्या कमाल छ