कसले लेखिदेला ?
कसले लेखिदेला ? ति ढुंगाका कथा ? ति ठिङ्ग उभिइका पहाडका बेथा सलल बगी रहेका बाउली खोला , र सेती नदिको गित। कसले भरिदेला संगीत ? जुगौ जुग सुसेलीरहेको सल्लिपिरहरुको । कसले सुम्सुमाई देला , कसले लगाई देला मलम ? ति ठेला उठेका हातहरुमा , नाम्लोले डामेको तालुमा कसले राखी देला मान ? उम्रिदै सड्डी रहेको अचुक बुटिहरुको। यार्सा , फंफार , भाङ्ग , गाजा । कसले लेखिदेला ? खप्तडका पाटनहरु को सौन्दर्य बखान रंगी चंगी फूलहरुको कविता त्यहा उडिरहने परेवाहरुको प्रेमलिला।। ----- बौरट्या दाई। November7th2k25