खाडी आएको पनि ६ वर्ष पुरा भएछ। लाग्छ, ६ जुनी देखि खाडीमा तातो हावाको स्वास लिरहेकोछु, अनि खाडीमा खाडल खन्दै आफना सपनाहरु पुरी रहेकोछु। कलिला रहरहरु चर्को घाममा जलाएर पसिना पुछीरहेकोछु। हुन त अब रहरहरु पनि कहाँ बाकिं छन् र ? अरु बाटो पनि केहि देख्दैन आजभोलि। आस्था, भरोसा, र सपनाहरु त नेपाल मै हुदा टुटिसकेका थिए। स्वदेश फर्केर पनि केही गर्न सकिने बाताबरण अनुकुल भएको पाउदैन। जताततै भनसुन, चाकरितंत्र, र भांडभैलो को माहोल देख्छु जसले गर्दा जाँगर नै मर्छ। एउटा राहदानी नबिकरण गर्नु पर्ने , तीन दिन सम्म रात दिन लाएनमा लागेर, खाना पिना छोडेर बल्ल गर्न सके . बाकी दिन पनि श्रम स्वीकृति लिन लाग्यो। मलाई लाग्यो यो भन्दा ठुलो बिजय त के हुन सक्छ ? यसरी एक हप्ता छुट्टीको त यसैमा गयो। बाँचेको बाकी बिदाका दिनहरु आफन्तहरु संग भेटघाटमै बित्यो काठमाडौँ मा। लाग्यो सरकार सुतेको छ वा कतै हराएको। जाबो राहदानी नबिकरण गर्न र बैदेसिक रोजगार अनुमति पत्र लिन यस्तो दुक्ख खेप्नु पर्यो। आफ्नै भूमिमा, दास झैँ पिरलिनु पर्ने। सास्ती खेप्नु पर्ने।...