एउटा रातो कपडाले बेरियर राखेको ताउको काजग देखा पर्यो, जब मैले धेरै वर्ष पुरानो टिन को बाकस, मेरा बाज्ज्या को तस्बिर खोजेर फेसबूक मा राख्नको लागि खोलेको थियं । टिनको बाकसको चारै कुनाहरु फुटेका थिए । बाकस को माथि र छेउका भागहरु पनि कुचेक्का । त्यसको आफ्नो वास्तविक रंग छुट्याउन सजिलो थिएन। मग्गेको, धुलो को पत्रनै बनेको थियो बाहिर बाट हेर्दा । पुरानो ताउको कागज तेसैमा चार पाँच गाँठाहरु पारेर बाँधेको हुनाले मनमा एक तमासको कौतूहलता जाग्यो । तुरुन्त एक सेकेन्ड पनि खर्च नगरी खोलेर पढ्न थाले । बि. सं. १९९७ चैत ११ गते सोमबार को मिति रहेछ । पढ्दै जाँदा धेरै पुरानो र निगालोको कलमले लेखेर राखेको भएर होला पढ्न भने सजिलो भएन । करिब एक घण्टा लाग्यो होला मलाई पढेर सिध्याउन । जसमा बाजेले आफ्नो बिहे र गल गाँड हुदाँ पाएको पिडा पोख्नु भएको थियो । बाजे संगै अरु दुई जना बुहारी खोज्न तीन ओटा गाउँहरु पँडेश, लेकि र जिन्दाडा घुमेर रित्तै घर फर्किनु भएको रहेछ। तीनैजना लाई देखेर। "क्याअर्न आया हो देउल्याल गाँडा " भनेर सोध्ने...