Posts

म खोजि रहेछु

Image
म खोजि रहेछु म खोजि रहेछु  बागमती  उपत्यका को बीच छाती बाटै, मेरै आखाँ अगाडी हरायको छ  मेरै जिबन कालमा इतिहांस बनेर  मेरो उपहांस गरे झैँ  कस्तो भबिस्य कोर्दै छु  अठाहं!श हाँसो को बर्षा म माथि  मेरो हुनुको मा प्रश्न तेर्साए को छ  मेरो पिडिहरु प्रति लछित  ठुलो बेगेँ प्रहार  घर जोडेर बास त दिऍ  तर धर्ति तोडेर के दियँ ? म संग कुनै जवाफ छैन  मेरो पछि का जेनेरेशन लाई  मेरा सन्तान हरु लाई  अमुक भएर आकाश तिर हेर्दै  लामो श्वास फेर्ने बाहेक अरु मसंग के छ  कस्तो भबिस्य दिन खोजिरहेछु ? कस्तो समाज को नक्शा  निर्माण गरि रहेछु? अनि कस्तो पथ तिर लम्कन  मेरा पछिका पिडि हरुलाई  उत्प्रेरित गरिरहेछु  बिष रोपेर  अमृत फलाउने मेरो हूटहुटी  संकिण सोच को परिधि भित्र  सफलता खोज्ने मेरो छटपटा हट  तेही पछि आउने पिडि को लागि  पासो बन्ने  सोच बिनाको  कर्म  रोकिने कुनै आभास छैन ।। -देउल्याल थापो  मे १७ ,२०२० ...

आशा

Image
कर्कला को पातको   पानी को थोपा  जस्तै हो जिन्दगी  टल्की रहने छेण भरको  हिरा को  चमक यो आशा  आशमा बाँचिरहने  बुढा बा आमा  परिक्ष।  को  परिणIम पर्खि  रहने बिर्धाथी को आखाँ  आउदै गरेको बटुवा  माग्नेको आशा  जति नजिक आउदै  धड्किने छाती  बढ्दै जाने स्वाश  उनको  प्रवेश  क्याम्पस को पहिलो दिन  मनमा शुनामी  चंचलताको बहार  सिकारीको जुक्ति।। --देउल्याल थापो--

प्रकृति देउता

Image
प्रकृति देउता  आऊँ सबै मिलेर रिसाएका देउतालाई मनाऊँ  गाऊँ र शहरमा छायको सन्नाटालाई धपाऊ बस्तीलाई समसान हुनबाट बचाऊँ  उत्तर बाट रिसायका देउता भूत बनेर  भूमन्डल भरी छाएकोछ धामी, झाक्रि र वैज्ञानिकह भनिनेहरू पनी डगमगाआएका छन् पटक पटक चेतावनी दिदा पनी  टेडेन मनुवाहरूले रिसायका देउतालाई चिडाउन छोडेन मनुवाहरूले मन्दिर, मशजीद, चैते यी  गुम्बा राज़नितिक़ दाउ पेचका सिकार बनाउन छोडेनन् सामान्य मान्छेहरू लाई भेडा च्यांग्रा सरह प्रयोग गर्न कुनै कसर छाड़ेन प्रकृतिको चीरहरण गर्दैरहे मनुवाहरू भूमिलाइ चित्थौन् ,  भागबन्डा र प्लटिगं गर्न पछि हटेन प्रकृतिका सन्ततिहरूलाई विस्तापित गर्न...

लेख्नु पर्ने

Image
लेख्नु पर्ने भएर यो कबिता लेखेको हो मैले आफ्नो कुरा सुन्ने मान्छे नभएर लेखेको हो मैले हिजो उनि थिइन आज छैनन् , त्यसैले लेखेको हो मैले शिरमा फुरेर हैन , पिरमा परेर लेखेको हो मैले पढेर त जीबन बुझ्न सकिन मैले जब पर्यो अनि जीबन बुझेको हो मैले सरल जीबन, सहज जीबन हुन्छ भन्थे त्यसैले त उनलाई जीबन साथी रोजेको हो मैले।। --देउल्याल थापो-- —-April 15, 2020 night at 4:30am 

मन

Image
मैले मन लाई सोधे के चाहन्छस् मनले उल्टै, मलाई सोध्यो के चाहन्छस् आखिर, मनले मन लाई सोध्यो के चाहन्छस् यहि करम चलिरह्ये बेर बेर सम्म जवाफ आएन धेरै बेर सम्म।। - --देउल्याल थापो--

हिसाब किताब

Image
मनको पनि मैले हिसाब किताब गरे उनको पनि मैले हिसाब किताब गरे। संगै बिताएका दिनहरुको पनि हिसाब किताब गरे रमाइला बातहरुको पनि हिसाब किताब गरे गरेका घातहरुको पनि हिसाब किताब गरे आखिर जीबनको पनि हिसाब किताब गरे -- --  देउल्याल थापो -- — April 15, 2020 night at 4am 

जीबन

Image
  जब भोक थियो खानलाइ भात थिएन जब शौक थियो,    लगाइनलाइ लुगा थिएन आज छ लगाउने जोश छैन निद्रा थियो सुत्नलाई ओछ्यान थिएन तर आज  छ निद्रा छैन पैसा छ प्यार छैन आफ्ना छन आफनो छैन घर छ परिवार छैन साथी छन साथ छैन बात छन सत्ते छैन आफ्नो भन्नेहरूको पत्तो छैन ज्ञान थिएन तर ज्ञानी थिए शिक्षित छु तर बिक्षिप्त छु -- देउल्याल थापो -- November 8,2018 Ottawa Andaz hotel room 803