Posts

Showing posts from November, 2025

कहिले म अगाडी हिडे छु

    कहिले   म   अगाडी   हिडे   छु कहिले म अगाडी हिडे छु देखेका सपनाहरु भन्दा कहिले पछाडी परे आफ्नै छाया भन्दा आखिर म भन्दा मै पछाडी परे जब म मै रहेन अनि रहरहरु रहर नै रहेन।   ----- बौरट्या दाई। November 7th 2k25

कसले लेखिदेला ?

  कसले लेखिदेला ? ति ढुंगाका कथा ? ति ठिङ्ग उभिइका पहाडका बेथा सलल बगी रहेका बाउली खोला , र सेती नदिको गित। कसले भरिदेला संगीत ? जुगौ जुग सुसेलीरहेको सल्लिपिरहरुको । कसले सुम्सुमाई देला , कसले लगाई देला मलम ? ति ठेला उठेका हातहरुमा , नाम्लोले डामेको तालुमा कसले राखी देला मान ? उम्रिदै सड्डी रहेको अचुक बुटिहरुको। यार्सा , फंफार , भाङ्ग , गाजा । कसले लेखिदेला ? खप्तडका पाटनहरु को सौन्दर्य बखान   रंगी चंगी फूलहरुको कविता   त्यहा उडिरहने परेवाहरुको प्रेमलिला।।     ----- बौरट्या दाई। November7th2k25